राजनीति

पैसा उठाउन नसकेकाले मेरो मन्त्री पद गयोः दिलनाथ गिरी

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दिलनाथ गिरीले कमल थापाले गाई काटेर खाएको र राजालाई धोका दिएको आरोप लगाएका छन् ।

उनले आफूले थापाको ठेकेदारको काम नगरेका कारण मन्त्रीबाट बर्खास्त गरेको बताए । उनले एक अनलाइनमा अन्र्तवार्ता दिँदै भनेका छन्, ‘मैले मन्त्रीको पदमा बसेर पैसा उठाउन मानिन उहाँलाई त्यहीदेखि रिस उठेर मलाई बर्खास्त गनुभयो, मैले पैसा नउठाएका कारण उहाँले इगो बनाउनुभयो र मन्त्रीबाट बर्खास्त गर्नुभयो ।’

साथै उनले कमल थापाले हिन्दुराष्ट्र र राजतन्त्रको कुरा उठाएर राजालाई धोका दिएकोर जनतालाई बलिको बोको बनाएको बताए । उनले भने, ‘कमल थापाले आफ्नो अभिष्ट पुरा गर्नका लागि मात्र हिन्दु राष्ट्रमको कुरा गरेका हुन् । उनले पार्टीमा आफूलाई असहमत राख्ने र पार्टीमा टिक्न दिँदैनन ।’