पु.समाचार

प्रधानसेनापतिबाट उपरथी दर्जाको दज्र्यानी चिह्न प्रदान

काठमाण्डौ । सैनिक स्वास्थ्य महानिर्देशनालयका प्राविधिक सहायक रथी डा. श्री शशी राई तथा सुदुरपश्चिम पृतना हेडक्वाटरका सहायक रथी झंकरबहादुर कडायतलाई आज जङ्गी अड्डामा आयोजित एक बिशेष समारोहमा प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले उपरथी दर्जाको दज्र्यानी चिह्न प्रदान गरेका छन् ।

मन्त्रिपरिषद्को निर्णयबाट अनुसार उपरथी दर्जामा पदोन्नती भएका उनहिरुलाई दज्र्यानी चिन्ह प्रदान गरिएएको हो । उपरथी दर्जामा पदोन्नोती भएका उपरथी डा. राईलाई सैनिक स्वास्थ्य महानिर्देशक र उपरथी श्री कडायतलाई सुदुरपश्चिम पृतनाको पृतनापतिको जिम्मेवारी दिईएको छ ।