राजनीति

प्रकाशमान सिंहको चुनाव खर्च १७ लाख मात्र !

काठमाण्डौ । काठमाण्डौ– १ बाट निर्वाचित काँग्रेस नेता प्रकाशमान सिंहले चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् । उनले १७ लाख ३० हजार ५ सय रुपैयाँ खर्च गरेको विवरण बुझाएका उनका प्रेस संयोजक यूपी लामिछानेले जानकारी दिए ।

निर्वाचन भएको ३५ दिनभित्र उम्मेदवारले खर्च विवरण बुझाउनुपर्ने प्रावधान छ ।

खर्च विवरण अनुसार सिंहले सबैभन्दा बढी ६ लाख रुपैयाँ गोष्ठी र कार्यकर्ता, कार्यालय सञ्चालनमा ३ लाख ५० हजार, सवारी साधानमा २ लाख ७० हजार खर्च गरेका छन् ।

निर्वाचन र मतगणनाका दिन प्रतिनिधि परिचालनमा १ लाख १० हजार, इन्धनमा ९० हजार र विद्युतीय सञ्चारमाध्यमबाट गरिएको प्रचार प्रसारमा ९० हजार खर्च गरेका छन् । प्रचार प्रसार सामाग्रीमा ८० हजार र विविध खर्चमा ३९ हजार ५ सय खर्चिएको विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाए ।