राजनीति

अचानक प्रधानमन्त्री देउवाले बोलाए पाँच पार्टीको बैठक

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि पाँच पार्टीको बैठक बोलाएका छन् । प्रदेश प्रमुखको नियुक्ति र अस्थायी मुकाम तोक्नु अघि राजनीतिक सहमति खोज्न प्रधानमन्त्रीले बैठक बोलाएका हुन् । बैठक बिहीबार विहान ९ बजे बालुवाटारमा बस्नेछ ।

बैठकमा काँग्रेस, एमाले, माओवादी, संघीय फोरम र राजपाका नेताहरु सहभागी हुनेछन् । यो बैठकमा सहमति भए भोलि नै मन्त्रिपरिषद् बैठकले सात वटा प्रदेशको अस्थायी मुकाम तोक्नेछ भने प्रदेश प्रमुखहरु पनि नियुक्त गर्नेछ ।

सरकारले प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को भक्तपुर, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र प्रदेश ७ को अस्थायी मुकाम धनगढीलाई तोक्ने तयारी गरेको छ ।

प्रदेशसभाको अन्तिम परीणाम प्रदेश प्रमुखलाई बुझाउनु पर्ने भएकाले प्रदेश प्रमुखको नियुक्ति पनि गर्नु पर्ने बाध्यता छ । तर, वाम गठबन्धनले राजनीतिक सहमतिका आधारमा मात्र प्रदेश प्रमुख नियुक्त गर्न ध्यानाकर्षण गराएको छ ।