आर्थिक

नेपाल एसबीआई बैंकमा एक वर्षमा ७० हजार बचतकर्ता थपिए

काठमाण्डौ । नेपाल एसबीआई बैंकले एक वर्षमा ७० हजार )६९ हजार ९ सय ५) नयाँ बचत खाता खोल्न सफल भएको छ ।
बैंकले सोमवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो जानकारी दिएको हो । कुल निक्षप खाताहरुको संख्यामा १३.१३ प्रतिशतले वृद्धि भएको हो ।

राष्ट्र बैंकले हालै एक बैंकमा एकै व्यक्तिको उकभन्दा बढि खाता खोल्न नपाउने व्यवस्था गरेको छ । बैंकको इन्टर बैंकिङ सेवा प्रयोगकर्ताकाृ संख्या २५.९१ प्रतिशतले वृद्धि भएर ५६ हजार पुगेको छ । कार्ड प्रयोग गर्ने ग्राहकको संख्या पनि बैंकमा उच्च छ । ९१ प्रतिशतले कार्डको प्रयोग गर्छन् । गत असारसम्ममा बैंकले ६ लाख २९ हजार कार्ड जारी गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको आव २०७३-७४ मा १४।३६ प्रतिशतले वृद्धि गरेको छ भने १ अर्ब ५२ करोड नाफा आर्जन गरेको छ । खुद व्याज आम्दानी २०.७२ प्रतिशतले बढेर २ अर्ब ९१ करोड रुपैयाँ पुगेको हो ।

बैंकले २ अर्ब ५२ करोड रुपैयाँको साना तथा मझौला कर्जा जारी गरेको छ । बैंकले कुल ६३ अर्ब ७५ करोड रुपैयाँ कर्जा जारी गरेको छ । बैंकको कोषको लागत ३.५४, खर्च आम्दानी अनुपात ३७.९४, कर्जा निक्षेप अनुपात ७५ प्रतिशत र पुँजी पर्याप्तता अनुपात १५.७१ प्रतिशत रहेको छ ।