पु.समाचार

२५ हजार नगदसहित विद्युत प्राधिकरणका सुपरभाइजर यसरी परे अख्तियारको फन्दामा

काभ्रे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गरेको छ ।

काभ्रेको पाँच लाल नगरपालिकाबाट विद्युत प्राधिकरण उपशाखाका सुपरभाइजर दिनेश थापालाई सोमबार अख्तियारको टोलीले नगद २५ हजारसहित पक्राउ गरेको हो ।

विद्युत पोल विस्तारका क्रममा सेवाग्राहीबाट घुस लिदै गर्दा अख्तियारले थापालाई पाँचखालबाटै रंगेहात पक्राउ गरेको जनाएको छ ।