खेलकुद

राष्ट्रिय महिला फुटबलमा आर्मी विजयी

काठमाण्डौ । विभागीय टोली त्रिभुवन आर्मी क्लबले पश्चिमाञ्चल क्षेत्रीय टोलीलाई पराजित गर्दै राखेप (राष्ट्रिय खेलकुद परिषद्) च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय महिला फुटबल लिग प्रतियोगितामा पहिलो जित हासिल गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा आर्मीले पश्चिमाञ्चललाई १२–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो ।

पाँच विकास क्षेत्र तथा तीन विभागीय टोलीले भाग लिएको उक्त प्रतियोगितामा विजेता टोलीले दुई लाख तथा उपविजेताले रु एक लाख ५० हजार पुरस्कार पाउने छन् ।