सूचना प्रविधि

जावलाखेलमा वल्र्डलिंकसंगै अंग्रेजी नयाँ वर्ष २०१८ को भव्य स्वागत

काठमाण्डौ । ‘छिटो भनेकै वल्र्डलिंक’ लाखौं इन्टरनेट पारखीहरुले द्रुत गतिको इन्टरनेटको पर्याय बनेको वल्र्डलिंकको आयोजनामा शनिबार अंगे्रजी नयाँ वर्ष २०१८ को स्वागत गर्दै जावलाखेल मैदानमा भव्य मेला सम्पन्न भएको छ । मेलाको अवलोकन १५ हजार भन्दा बढी दर्शकले गरेका छन् ।

इन्टरनेट सेवालाई अझ प्रभावकारी तथा गुणस्तर बनाउने उद्देश्यले आयोजना गरिएको उक्त मेलामा ग्राहकका अनुभव तथा चाहनालाई समेत बुझ्ने काम गरिएको थियो । ग्राहकका सुझाव अनुरुप आगामी दिनमा वल्र्डलिंकलाई अगाडी बढाउदै लगिने प्रतिबद्धता कम्पनीले जनाएको छ ।

वल्डलिंकले आफ्ना ग्राहकलाई नजिकबाट चिन्ने तथा प्रत्यक्ष कुराकानी गरी आफ्ना ग्राहकको कस्तो प्रतिक्रिया छ त्यसलाई संगसगै लगेर अझ राम्रो तथा गुणस्तरीय सेवा दिने उद्देश्यले कार्यक्रमको अयोजना गरेको हो ।

वल्र्डलिंकले हाल देशका अधिकांश जिल्लामा द्रुत गतिको इन्टरनेट सेवा विस्तार गरेको छ । भेटघाट र शुभकामना आदानप्रदानका लागि गरिएको मेला प्रवेश निःशुल्क गरिएको थियो । सांगीतिक प्रस्तुति, फुड स्टल, फन गेम्स, म्याजिक सो, फेस पेन्टिङ लगायतका स्टलहरुमा यूवाहरुको भिड लागेको थियो । मेलामा १५ हजारभन्दा बढीले प्रत्यक्ष सहभागिता जनाएका थिए ।

लोकप्रिय ब्यान्ड कुटुम्ब, गायकहरु स्वप्न सुमन, नीतेशजंग कुवर, सबिन कार्की (बिष्ट) र द साउन्ड अफ स्ट्रिम्स लगायतको प्रस्तुतिमा दर्शकहरु झुमेका थिए । हुटिङ र स्वस्फूूर्त रुपमा दर्शकहरु मञ्च अघि गीत संगीतमा नाचेका थिए ।