आर्थिक

एनआइसी एसियाको प्रायोजन रहेको विराटनगर इपिएलको विजेता बन्यो

काठमाण्डौ । निजी क्षेत्रबाट आयोजना भएका खेलमा सबैभन्दा ठूलो पुरस्कार राशि भएको एभरेष्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता ९इपिएल० को उपाधि एनआइसी एसिया बैंकले मुख्य प्रायोजन गरेको विराटनगर वारियर्सले हात पार्न सफल भएको छ ।

विराटनगरले जितसँगै ट्रफी र नगद २१ लाख रुपैँया पुरस्कार प्राप्त गरेको छ । उक्त प्रतियोगिताको म्यान अफ द सिरिजको पुरस्कार समेत सर्वाधिक रन बनाउन सफल विराटनगर वारियर्सकै बाबर हायातले हात पारेका छन् । उक्त प्रतियोगिता अवधिभर बनेको कुल १४ अर्धशतकमा बाबरले ७ खेलमा ३ अर्धशतक प्रहार गर्दै कुल ३ सय १३ रन बनाएका थिए ।

कीर्तिपुरस्थित त्रि।वि। क्रिकेट मैदानमा पुस ३ गते देखि सञ्चालन भई शनिबार उपाधिका लागि भएको विराटनगर वारियर्स र भैरहवा ग्लाडियटर्स बीचको फाईनल खेलमा विराटनगर वारियर्सले १ रनको रोमाञ्चक जित हात पारी उपाधि कब्जा गर्न सफल भएको हो ।

एनआइसी एसिया बैंकले स्थानीय खेलाडीहरुलाई अवसर प्रदान गर्न तथा खेलकुद क्षेत्रबाट पनि देशका लागि महत्वपूर्ण योगदान पुगोस् भन्ने उद्देश्यले यस पटक विराटनगर वारियर्सका लागि मुख्य प्रायोजन गरेको जानकारी दिएको छ । नेपालको खेल क्षेत्रको विकासका लागि यो मुख्य प्रायोजन एक उदाहरणीय कदम भएको साथै बैंकले खेल क्षेत्रमा अझ उल्लेखनीय योगदान गर्दै अगाडि बढने लक्ष्य लिएको छ ।

आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण, समाजमा पिछडिएका, गरिब, असहाय, उत्पीडित वर्ग र जनतालाई सहयोग पु¥याउन छात्रवृत्ति, अनाथाश्रम तथा वृद्धाश्रमलाई आर्थिक सहयोग, दुर्गम र पिछडिएको क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन जस्ता महत्वपूर्ण कार्यक्रमहरु गर्दै आइरहेको बैंकले जानकारीे दिएको छ ।