सामाजिक सञ्जाल

नायिका नीशा अधिकारी आमा बन्दै, यसरी गरिन् खुलासा

काठमाण्डौ । गत असारमा बैवाहिक बन्धनमा बाँधिएकी नायिका नीशा अधिकारी गर्भवती भएकी छिन् । नायिका अधिकारी र क्रिकेटर शरद भेष्वाकर प्रेममा रहेको लामो समयपछि बिवाह बन्धनमा बाँधिएका थिए ।

नायिका नीशा अधिकारी सामाजिक संञ्जालमार्फत आफु गर्भवती भएको जानकारी दिएकी हुन् । उनले फेसबुकमा लेखेकी छिन, ‘म आमा बन्ने तयारीमा छु ।’ नीशाले आफू गर्भवती भएको ५ जानकारी फेसबुक मार्फत गराएकी छिन् ।

उनले लेखेकी छिन, ‘जुन दिनदेखि मेरो पेटमा बच्चा बस्यो, सोहि दिनदेखि म आमा भैसकेकी छु ।’