अन्तर्राष्ट्रिय

उत्तर र दक्षिण कोरिया मिल्ने, किम जोनले गरे यस्तो घोषणा !

एजेन्सी । उत्तर कोरियाका नेता किम जोन उनले २०१८ मा दक्षिण कोरियामा हुन लागेको शीतकालीन ओलम्पिकमा आफ्नो राष्ट्र पनि आयोजकको रुपमा सहभागिताका लागि दक्षिण कोरियासँग संवाद गर्न तयार रहेको बताएका छन् । नयाँ वर्ष २०१८ को अवसरमा सोमबार बिहान टेलिभिजनमार्फत गरिएको भाषणमा किमले यस्तो अभिव्यक्ति दिएको सिहन्वाले जनाएको छ ।

उत्तर कोरिया स्थापनाको ७० औं वर्षगाँठ हुनु र दक्षिण कोरियाले शीतकालीन ओलम्पिक आयोजना गर्न लागेकाले कोरियाली प्रायद्वीपका लागि २०१८ महत्वपूर्ण वर्ष हुने किमले बताए ।

शीतकालीन ओलम्पिकको सफलताको कामना गर्दै किमले उक्त अवसरको भागीदार बन्नका आवश्यक कमद चालिने जसका लागि उत्तरण्ज्ञछण्दक्षिण वार्ता गर्ने योजना बनाएको दावी गरेका छन् ।

उत्तर र दक्षिण कोरियाबीच रगतको नाता रहेको बताउँदै किमले छिमेकी भएका नाताले एक अर्काले आयोजना गरेको गतिविधिमा सहायता पुर्‍याउनु कर्तव्य भएको स्पष्ट छ ।

फेब्रुवरीमा हुन लागेको ओलम्पिक खेलमा दुई कोरियाको एउटै टीम बनाएर सहभागी हुन पनि किमले दक्षिण कोरियासँग आग्रह गरका छन् । भाषणमा उनले दुवै देशबीच शान्तिपूर्ण शान्तिपूर्ण वातावरण निर्माणका लागि शैन्य गतिविधि कम गर्नु आवश्यक रहेको बताएका छन् ।

यसै भाषणमा नेता किम जोन उनले सन २०१७ आफ्नो राष्ट्रका लागि सफल वर्ष भएको बताएका छन् । उनले २०१७ मा उत्तर कोरिया परमाणु शक्ति सम्पन्न राष्ट्र बन्न सफल भएको दावी गरेका छन् । परमाणु हतियारको विकासलाई नरोक्ने तर त्यसको प्रयोग देशमाथि आइपर्ने सुरक्षा खतरालाई रोक्नका लागि मात्रै हुने अभिव्यक्ति किमले दिएका छन् ।

दक्षिण कोरियाली समाचार एजेन्सी योनापमा अनुसार २०१७ को पहिलो दिन किमले आफूहरु अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल निर्माण सुरु गर्ने अन्तिम तयारीमा रहेको बताएका थिए । २०१७ मा विभिन्न चरणमा गरी ६ वटा लामो दूरीका अन्तरमहादेशीय मिसाइल परीक्षण गरेको उत्तर कोरियाले २९ नोभेम्बरमा ‘ह्वासंग १५’ नामको अन्तरमहादेशीय मिसाइल परीक्षण गरेसँगै आफू पूर्णरुपमा परमाणु शक्ति सम्पन्न भएको दावी गरेको थियो ।