अन्तर्राष्ट्रिय

शिक्षिकाले विद्यार्थीलाई यौन प्रस्ताव गरेपछि…

एजेन्सी । आफूसँग यौन सम्पर्क गरेमा राम्रो ग्रेड दिने भन्दै एक शिक्षिकाले बलजफ्ती गरेकी छन् । उनी अहिले जेलमा छिन् ।

आफ्नै विद्यार्थीलाई यौनसम्पर्क गर्ने प्रयास गर्ने ति शिक्षिकाको नाम हो योकस्ता एक । उनी अहिले ४० वर्षकी भएको बताइएको छ । कोलम्बियाको मेडेलिनको स्कूलमा पढाउने शिक्षिकाले एक किशोरलाई बाबुको फोनमा पठाएका तस्बिर देखेपछि किशोरका बाबुले नै उनलाई खोजी गरेका थिए ।

सामाजिक सञ्जाल वाट्स एपमार्फत भड्किला तस्बिर पठाउने गरेको किशोरका बाबुले बताए । ति शिक्षिकाले १६ र १७ वर्षका आफ्ना विद्यार्थीलाई पढाईमा सहयोग गर्ने भन्दै भड्किला तस्बिर पठाउने गरेकी थिइन् । शिक्षिकाका पतिले आफूले यो कुरा थाहा पाएलगत्तै डिभोर्स दिने तयारीमा रहेको बताए ।