राजनीति

जसले काँग्रेस बदल्न सक्दैनन्, अब तिनले बिदा लिन्छन्ः नेता शर्मा

चितवन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले आधुनिक कांग्रेस निर्माणमा जुट्नुपर्ने बताएका छन् । उनले नेपाली काँग्रेसलाई बदलेर नेपाली जनताको साझा पार्टीका रुपमा स्थापित गर्नुपर्ने आवश्यकता औँल्याए ।

देशव्यापी रुपमा चुनावी पराजयपछि नेपाली काँग्रेसले आयोजना गरेको बृहत् सभामा प्रमुख आतिथिसमेत रहेका युवा नेता शर्माले काँग्रेस पराजीत हुनुमा आफ्नो पनि दोष रहेको स्वीकार्दै भने, ‘हामी आफू पनि बदलिन्छौँ, काँग्रेस बदल्छौँ, जो आफूलाई बदल्ने हिम्मत राख्दैनन्, तिनले काँग्रेस बदल्न सक्दैनन् ।’

‘सक्नेले संसार बदल्न सक्छन्, कांग्रेस बदल्न किन सक्दैनन् ?’ नेता शर्माले थपे,‘जो–जो बदलिन्छन्, तिनले नेतृत्वले लिन्छन्, अब नबदलिनेहरुले बिदा लिन्छन् ।’