पु.समाचार

एमाले नेताको अगुवाईमा मोरङमा एक दम्पतिलाई कालोमोसो दलियो

काठमाण्डौ । नेकपा एमालेका नेताको अगुवाईमा मोरङमा एक दम्पतिलाई गाउँ निकाला गरिएको छ ।  स्थानीय राजकुमार ठाकुर र सोही ठाउँकी सरदार थरकी महिलालाई दोस्रो बिहे गरेर गाउँ–समाजको थिति खलल पारेको आरोपमा एमाले नेता दिनेश ठाकुरको अगुवाइमा कुटपिट गरिएको हो । दिनेश ठाकुर एमाले रंगेली नगर कमिटीका अध्यक्ष हुन् ।

रंगेली नगरपालिका–५ आँपगाछीस्थित ठाकुर टोलका गुलावचन्द सरदारकी ३० वर्षीया पत्नी र सोही ठाउँका विवाहित ३२ वर्षीय राजकुमार ठाकुरबीच प्रेम थियो । सरदार वैदेशिक रोजगारका क्रममा विदेशमा छन् । चार महिनादेखि ठाकुर र सरदारपत्नी प्रेमविवाह गरेर वीरगन्जमा बस्दै आएका थिए ।

केही दिनअघि मात्रै राजकुमारकी दोस्री पत्नी माइतमा आएर बस्न थालेकी थिइन् । गाउँ–समाजले भने समस्या सुल्झाउन भन्दै वीरगन्जमा सैलुन सञ्चालन गरेर बसेका राजकुमारलाई गाउँमै बोलायो । र एमाले नेता ठाकुरको अगुवाईमा गाउँमा विकृती फैलाएको निष्कर्ष निकालेर उनीहरुलाई गाउँनिकाला गरेका थिए । गाउँलले देखेर प्रहरीलाई खबर गरेका थिए । तत्काल प्रहरीले दम्पतिको उद्धार गरेको थियो ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । भने ठाकुर फरार छन् ।