राजनीति

ओली र दाहाललाई राजनीतिबाट सन्यास लिन दबाब, कसले गर्यो यस्तो ?

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई राजनीतिबाट सन्यास लिन भनिएको छ । सक्रिय राजनीतिमा लागेका दुई नेतालाई एमालेका नेताले यस्तो आग्रह गरेका हुन् ।

एमाले सचिव एवं प्रचारविभाग प्रमुख योगेश भट्टराईले दुई शीर्ष नेतालाई पदमोहमा नदौडन आग्रह गर्दै पार्टी एकता गरेर त्यहीबाट सन्यासको घोषणा गर्न सुझाव दिएका हुन् ।

पार्टी एकता नागरिकबाट अनुमोदन भइसेकाले अब चाँडै नै एकताको घोषणा गरी त्यहि कार्यक्रममा दुई नेताले राजनीतिबाट सन्यास लिन सुझाव दिए । उनले भनेका छन्, ‘पार्टी एकताको प्रक्रिया पूरा गरेपछि उहाँहरुले राजनीतिको परीक्षामा पूर्णाङ्क प्राप्त गर्नुहुन्छ । अब पनि अध्यक्ष वा प्रधानमन्त्री बन्छु भन्नु फेरि परीक्षामा सहभागी हुनु जस्तै हो । उहाँहरुले सतप्रतिशत अंक ल्याएर पास भएकाले फेरि परीक्षा दिनु आवश्यक छैन ।’

एकीकृत पार्टी तथा देशको नेतृत्वको जिम्मा अब दोस्रो तथा तेस्रो पुस्ताको काँधमा दिएर ओली र दाहालले राजकीय व्यक्तित्व बनेर देश, विदेशका ठूला विश्वविद्यालयमा नेपालको शान्ति प्रक्रिया र राजनीतिक व्यवस्थापनका बारेमा लेक्चर दिन जानु पर्ने भट्टराईको भनाई छ ।

ओली र दाहालले लिन्छन् त सन्यास ?

पार्टी अध्यक्ष र प्रधानमन्त्री नै मै हुन्छु भन्दै दोडिरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई आफ्नो स्वास्थ्य ठिक रहेकाले बाँचुन्जेल राजनीति गर्ने बताइसकेका छन् । एक कार्यक्रममा ओलीले भनेका थिए, ‘मेरो स्वास्थ्यको चिन्ता कसैले पनि लिनुपर्दैन म ठिक छु, बाँचुन्जेल राजनीतिमा सक्रिय रहन्छु, देश विकासमा भने सँधै चिन्ता छ ।’

ओलीको माथिको भनाईले उनी जसले जति बल गरे पनि पार्टी अध्यक्ष र सक्रिय राजनीतिबाट चटक्कै माया मारेर बस्ने वाला छैनन् । पार्टी एकता गरेर पनि अबको पाँच वर्ष प्रधानमन्त्री भएर देश हाँक्ने शाहसका साथ ओलीले पटुका कसी सकेका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि एकता गरेर पार्टी अध्यक्ष पड्काउने दाउमा रहेका छन् । ओलीले प्रधानमन्त्री खाए आफू पार्टी अध्यक्ष पक्का हुनेमा दाहाल विश्वस्त छन् ।
पार्टी एकतापछि प्रधानमन्त्री पार्टी अध्यक्ष केपी ओली हुने एमाले नेताले बताए पनि पद बाँडफाँडमा सहमति हुनै पर्ने देखिन्छ । अहिले

नेताहरुले भनेजस्तै दुवै पद आफैं खाएमा माअ‍ोवादी हातमा लड्डु दिएर नबस्ने माओवादी निकट स्रोतको दाबी छ । १० वर्ष जनयुद्ध गरेर शान्ति प्रक्रियामा आएको माअ‍ोवादीले पनि राजनीतिमा धेरै उतारचढाव झेलेको छ । योगेश भट्टराईले दुवै नेतालाई पदमोहबाट टाडै बस्न भनेपनि यी नेता सहमत भने छैनन ।

चुनाव हारेर आक्रान्त बनेको नेपाली काँग्रेसभित्र पनि पार्टी सभापति फेर्नु पर्ने माग राखे पनि त्यो सफल हुन सकेन । काँग्रेसका युवा नेता गगन थापाले निर्वाचनमा विजय भएलगत्तै देउवा पार्टी अध्यक्ष हुन नहुने धारणा राखे पनि त्यो केटाकटीको माग जस्तो बनाइदियो । अहिले अधिकांश युवा नेताहरुमा पार्टी अध्यक्ष परिवर्तन हुनुपर्ने मनासय भए पनि तत्काल त्यो सफल हुने छैन