खेलकुद

अरहान्त र भावनालाई स्वर्ण

काठमाडौं। अरहान्तकेशर सिम्ह र भावना सुनुवारले राखेप च्याम्पियनसिप– २०७४ अन्तर्गत १० औं राष्ट्रिय स्क्वास प्रतियोगिताको सिंगल्समा शनिबार स्वर्ण जितेका छन् । च्याम्पियनद्वय मध्यमाञ्चलका हुन् ।
सातदोबाटोमा भएको पुरुष सिंगल्स फाइनलमा अरहान्तले पश्चिमाञ्चलका अमृत थापा मगरलाई ८–११, ११–९, ११–५ र ११–७ को सेटमा पराजित गरे । मध्यमाञ्चलकाद्वय चिरी लामा र राजेन्द्र शाक्य तेश्रो भए ।
अरहान्तले प्रतियोगतामा २ स्वर्ण जिते । उनीसंगै सुदीपबहादुर सिंह, चिरी लामा र विनोदरत्न शाक्यको मध्यमाञ्चल टोलीले स्वर्ण जितेको हो ।
महिला फाइनलमा भावनाले पश्चिमाञ्चलकै कृष्णा थापालाई ११–६, ११–६, ६–११ र ११–७ को सेटमा हराइन् । मध्यमाञ्चलकाद्वय विपना ब्लोन र स्वस्थानी श्रेष्ठ संयुक्त रुपमा तेश्रो बने ।
विजेतालाई युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दहाल र नेपाल स्क्वास ¥याकेट्स संघका अध्यक्ष किशोर महर्जनले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे ।
पुस १० गतेदेखि सुरु प्रतियोगितामा ३ विकास क्षेत्र (मध्यमाञ्चल, पूर्वाञ्चल र पश्चिमाञ्चल) तथा १ विभागीय टोली (नेपाल प्रहरी) का ४४ खेलाडी सहभागी थिए । ३२ पुरुष र १२ महिला खेलाडीले प्रतिस्पर्धा गरेको प्रतियोगितामा पुरुष÷महिला सिंगल्स तथा पुरुष टिम इभेन्ट गरी ३ स्पर्धामा भिडन्त भएको थियो ।