राजनीति

पार्टीको निर्णय मान्छु– आचार्य, म नै मूख्यमन्त्रीको दाबेदार हुँ– राई, जिम्मेवारी दिए पछि हट्दिन– कुशीयत

काठमाण्डौ । भर्खरै सम्पन्न मंसिर १० र २१ गतेको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमाले सबैभन्दा ठूलो दल भएपछि उक्त पार्टाीबाट नै केन्द्र र सरकार बन्ने अनुमान अनुसार प्रदेश नम्बर १ मा पनि एमालेका नेताहरुबीच मूख्यमनत्री को बन्ने भन्ने होडबाजी चल्न थालेको छ । ०६४ साल, ०७० साल हुंदै ०७४ मा समेत निर्बाचनमा विजय हाँशिल गरेका नेकपा एमालेका सचिव भीम आचार्य प्रदेशको मूख्यमन्त्रीका प्रमुख दाबेदार देखिएका छन् । प्रदेश नम्बर १ का संयोजक समेत रहेका आचार्य शुशील कोईराला सरकारमा पर्यटन मन्त्री समेत बनेका थिए । प्रदेश नम्बर १ मा नै भोजपुर जिल्लाबाट प्रदेश सभामा विजय हाँशिल गरेका पूर्ब सञ्चारमन्त्री समेत रहेका एमाले केन्द्रीय सदस्य शेरधन राई समेत आफू मूख्यमन्त्रीको प्रवल दाबेदार रहेको बताईरहेका छन् । पछिल्लो राजनीतक घटनाक्रमसँगै सुनसरी ४ को क प्रदेशबाट विजयी भएका जगदिश प्रशाद कुशीयत ले समेत आफूलाई मूख्यमन्त्रीमा दाबी गर्दै अाएका छन् । यसैबीच उनीहरुले मूख्यमन्त्रीका लागि गरिरहेको लविङको हल्ला र सत्य कुरा पत्ता लगाउन सुर्यखबर प्रतिनिधिले नेकपा एमालेका प्रदेश सभा सदस्य नै मूख्यमन्त्री बनेको अवस्थामा प्रवल दाबेदारका रुपमा देखिएका आचार्य, राई र कुशीयत के भन्छन् त ?

शेरधन राई  भन्छन्- भोजपुर प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद शेरधन राईले आफू नै मुख्यमन्त्रीका लागि योग्य र दाबेदार भएको बताएका छन् ।
पार्टीले आफूलाई नै मुख्यमन्त्रीको रुपमा प्राथमिकता दिएकाले आफूनै मुख्यमन्त्री भएको बताए पनि आवश्यक प्रक्रिया पूरा गर्न बाँकी रहेको बताए ।
तपाई मूख्यमन्त्री नभए के हुन्छ भन्ने प्रश्नको उत्तरमा राईले भने, ‘म त मुख्यमन्त्रीको दाबेदार भएर निर्बाचनको घोषणापत्रमा नै भोट मागे हिँडेको मान्छे त्यसमा शंका नै नगरे हुन्छ । म कुनै हालतमा मुख्यमन्त्री हुन्छु । ’

एमाले सचिब भिम आचार्य भन्छन्-
नेकपा एमालेका नेता एवं सुनसरी क्षेत्र नम्बर १(ख) बाट निर्वाचित सांसद भिम आचार्यलाई पनि हामीले तपाई मुख्यमन्त्रीको दाबेदारका रुपमा कसरी प्रस्तुत गर्न सक्नुहुन्छ ? अरु हुँदा के हुन्छ भनेर सोधेका थियौं, ‘होईन, मैले कहिल्यै पनि मुख्यमन्त्रीको दाबेदार भनेर हिंडेको छैन । म केटाकेटी जस्तो मान्छे होइन कि मलाई नै मुख्यमन्त्री बनाउनुपर्छ । साथीहरुले कुरा उठाए होलान् योग्य मान्छेको कुरा जँहा पनि उठ्छ नि होइन र ? अरु मुख्यमन्त्री हुँदा पहाडै खस्ने र मै हुनुपर्छ भनेको होइन । म पार्टीको सचिव पनि हुँ, पार्टीले जे गर्छ त्यही मान्छु मेरो माग मुख्यमन्त्रीको होइन ।’

उनले पार्टीभित्र आफूमात्र मुख्यमन्त्री पदको आकांक्षी नभएकोे खुलस्त पारे । प्रदेश नम्बर १ बाट ५१ जना सांसद निर्वाचित भएकाले सबै पदको आकांक्षी भएको दाबी गरे । ‘यहाँबाट ५१ जना सांसद निर्वाचित छन्, सबैले आ–आफ्नै दाबी गर्छन्, उपयुक्त समयमा उपयुक्त ढंगले पद बाँडफाँडको टुंगो लगाउँछौ ।’ नेकपा एमालेले आफ्नो संस्थागत निर्णय समय आएपछि गर्छ, त्यो नै त्यसबेलाको मूख्यमन्त्री हो ।
पार्टीभित्र पदको आकांक्षा उठ्नु स्वभाविक भएकाले यसलाई सहमतिय बिन्दुबाट समाधान खोजिने नेता आचार्यले बताए ।

जगदिश प्रसाद कुशियत भन्छन्-
त्यस्तै सुनसरी क्षेत्र नम्बर ४ को (क)बाट निर्वाचित जगदिश प्रसाद कुशियत पनि आफूलाई प्रदेश नम्बर- १ बाट मुख्यमन्त्रीको दाबेदारको रुपमा उभिएका छन् ।
उनी आफूले आफैंलाई मुख्यमन्त्रीको दाबेदारको रुपमा स्वीकार भने गर्दैनन् । पार्टीबाट साथीहरुले मुख्यमन्त्रीको दाबेदारमा उठाए पनि आफूले पहल नगरेको उनी बताउछन्, २० बर्ष अगाडि प्रतिनिधि सभा सदस्यमा सुनसरी ४ बाट विजयी हाँशिल गरेका कुशीयत जिम्मेवारी आएमा पछि नहट्ने शाहस समेत देखाउछन् । ।
प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा तपाईको दाबी केका लागि भन्ने प्रश्नमा उनी भन्छन्, ‘मेरो दाबी छैन, म पनि क्षमतावान साँसद हुं, साथीहरुले मधेशको मानछे साँसद बनाउदा तपाई बन्नुपर्छ भन्ने कुरा उठाउनु भएको छ, अनुकुल परेमा जिम्मेवारी साम्हाल्छु भनेको छु, म सिद्धान्तमा चल्ने मान्छे हो । पोलिटब्युरो सदस्य भएकाले आफैंले पहल गरेको छैन म गर्दिन पनि ।’

पार्टीले भिम आचार्य वा शेरधन राई जसलाई मुख्यमन्त्री दिए पनि आफूलाई कुनै समस्या नभएको बताए । ‘ पार्टीले शेरधनजीलाई दिए पनि म गुनासो गर्दिन पार्टीको निर्णय सहर्ष स्वीकार गर्छु ।’ पार्टीले जिम्मेवारी दिए पछि नहट्ने पनि उनले बताए ।

कसरी चुनिन्छन् मुख्यमन्त्री ?
प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलको नेता मुख्यमन्त्री चयन हुनेछ । सातवटा प्रदेशमा सात वटा मुख्यमन्त्री रहनेछन् । प्रदेशसभामा निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक गरेको ३० दिनभित्र मुख्यमन्त्री चयन गरिसक्नुपर्नेछ ।
प्रदेशसभाले मुख्यमन्त्री चयन गरेपछि मुख्यमन्त्रीले नै प्रादेशीक मन्त्रिपरिषद् गठन गर्ने ब्यवस्था छ । यसरी प्रदेशको मुख्यमन्त्री चयन भएपछि उसैको नेतृत्वमा प्रदेश मन्त्रिपरिषद् गठन हुन्छ । मुख्यमन्त्रीलाई प्रदेशको सबै कार्यकारिणी अधिकार प्राप्त हुने व्यवस्था संविधानमा नै उल्लेख छ । नयाँ सबिधानले ब्यवस्था गरेको स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा तीनैवटा तहहरुको निर्बाचन सम्पन्न भईसकेको छ । अब प्रदेशको नामाङकन, प्रदेशको राजधानी राख्ने कार्य भने राजनीतिक दलहरुले गर्न सकेका छैनन् ।

कसको सम्भाबना बढी
६० र ४० प्रतिशतको हिसाबबाट बाम तालमेल गरि ठूलो पार्टी बनेको नेकपा एमालेले माओबादीलाई पनि ४० पतिशत मूख्यमनत्री दिनुपर्ने हुन सक्छ, त्यसो नभए केन्द्रमा समेत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने, एमाले र माओबादी केन्द्रको एकीकण गर्ने सहमतिहरु भङ्ग हुन सक्छ । एमालेकै मूख्यमन्त्री बनेमा प्रदेश नमबर १ मा भिम आचार्य वा शेरधन राई नै मूख्यमन्त्रीको दाबेदार रहेको र अनुभबी, मधेशका ब्यक्ती छान्ने अवश्था आएमा जगदिश प्रसाद कुशीयत वा अन्य जो कोही पनि मूख्यमनत्री बन्न सक्ने स्पेश रहेको नेकपा एमालेका एक केन्द्रीय सदस्यले बताए ।

नेकपा एमाले ईतरका दलहको सरकार बनेमा भने भने सबै आकाँक्षीहरुको मूख्यमन्त्री बन्ने सपना अन्धकारमय हुन्छ, निर्बाचनपछि बाम गठबन्धन टुटेर काँग्रेस, माओबादी केन्द्र, संघीय समाजबादी र राजपा मिलेरर नया सरकार बन्ने सम्भाबना भएपनि भने न्यून छ ।