विचित्र संसार

मात्तिने रातमा तन्नेरीहरुले लेखाए यस्तो हर्कत !

एजेन्सी । कहिले कहिं मस्त मात्तिन मन लाग्छ । उन्मुक्त रमाउन मन लाग्छ । वेपर्वाह बहुलाउन मन लाग्छ । सायद यहि मनोविज्ञानलाई सम्बोधन गर्न होला, वेलायतमा चाहि एक रात मस्त मात्तिने गरिन्छ । बर्षमा एक दिन । त्यो पनि क्रिसमसको पूर्वसन्ध्यामा ।

के भनिन्छ भने, क्रिसमसको किनमेल, तयारी आदिको धपेडीबाट विश्राम लिन यसो गरिएको हो । अहिले यो संस्कृतिकै रुपमा विकास भएको छ । क्रिसमस सुरु हुनु ठिक तीन दिनअघिको रात, मदिराको रात मनाइन्छ । यसलाई मदिराको रात भनिन्छ । म्याड फ्राइडे पनि भनिन्छ । अर्थात मात्तिएको सप्ताहन्त ।

यसपाली पनि वेलायतका तन्नेरीहरुले यो अवसर उम्काएनन् । उनीहरु रातभर जागा बसे । खाए, पिए, नाचे, गाए, मस्ती गरे । अनलिमिटेड ।

नामै पागल शुक्रबार, संयमित हुने कुरै भएन । यहाँ तरुनी–तन्नेरीहरुले अनेक हर्कत देखाउँछन् । हेर्नै नसकिने तमासा पनि देखाउँछन् । कामुक पहिरनमा भेला भएका तन्नेरीहरु जब मात्तिन्छन्, सम्हालिने कुरा पनि त भएन ।

अघिल्लो बर्ष तीन सय जना त अस्पतालको शैयामा पुग्नुपरेको थियो । मदिराको ओभरडोजले उनीहरुलाई बिरामी बनाएको थियो । यसपाली पनि यस्तै हर्कतहरु हुन्छ भनेर प्रहरीले विशेष सर्तकता अपनाएको थियो ।