राजनीति

कर्मचारीले देउवा सरकारका मन्त्रीलाई टेर्न छोडे !

काठमाण्डौ । सरकार ढल्ने भएपछि सरकारकै सचिवहरुले मन्त्रीहरुको निर्देशन टेर्न छोडेका छन् । वाम गठबन्धनको सरकार बन्ने भएपछि आफ्नोे निर्देशन मान्न छाडेको गुनासो मन्त्रीले नै गरेका छन् ।

काम चलाउ सरकारका निर्णय नमान्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएको स्रोतको दाबी छ । मन्त्रालयमा आउने कतिपय कामहरु सचिवकै कारण्का अड्किएका छन् । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन अगाडि आफूहरुलाई जिउजिउ गर्नेमन्त्री अहिले केही काम लिएर जाँदा पनि नदेखे जस्तै गर्ने मन्त्रीको गुनासो छ ।

कतिपय मन्त्रालयका सचिवहरु मन्त्रालय नै नआउने मन्त्रीहरुको गुनासो छ । सिंहदरबारमा भ्याइनभ्याइ हुने मन्त्री अहिले काम नभएर घाम तापेर बस्ने गरेकन्त्रीले नै गरेका छन् ।

काम चलाउ सरकारका निर्णय नमान्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएको स्रोतको दाबी छ । मन्त्रालयमा आउने कतिपय कामहरु सचिवकै कारण्का अड्किएका छन् । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन अगाडि आफूहरुलाई जिउजिउ गर्नेमन्त्री अहिले केही काम लिएर जाँदा पनि नदेखे जस्तै गर्ने मन्त्रीको गुनासो छ ।

कतिपय मन्त्रालयका सचिवहरु मन्त्रालय नै नआउने मन्त्रीहरुको गुनासो छ । सिंहदरबारमा भ्याइनभ्याइ हुने मन्त्री अहिले काम नभएर घाम तापेर बस्ने गरेका छन् ।

आज बसको मन्त्रीपरिषद् बैठकमा मन्त्रीहरुले मुख्यसचिव लोकदर्शन रेग्मीसँग गनासो पोखेका छन् । मन्त्रीहरुले मुख्यसचिवको निर्देशनमा सचिवहरुले नटेरेको आरोप लगाए । तर, मुख्यसचिवले भने आफूले उक्त निर्देशन नदिएको दाबी गरे । उनले आफू हरेक सरकारका निर्णय मान्ने र कुनै बेइमानी नगरेको दाबी गरे ।

सचिवले नटेरेको अवस्थामा विभागिय मन्त्रीलाई कारबाही गर्ने अधिकार भएको बताए । मन्त्रीले भनेको नटेरेको अवस्थामा अर्को सचिव नियुक्त गर्न र आफूले उक्त कदमका लागि पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

उपप्रधान एवं स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले पनि मन्त्रीले नटेरेको गुनासो पोखेका थिए । ‘हामी अर्को सरकार नआउन्जेलसम्म काम चलाउ सरकार होइनौं । तर, सचिवहरुले हामीले भनेको मान्दैनन्’, गच्छदारको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘हामी फूल फ्लेज मन्त्री हौं मन्त्रीलाई सचिवको सरुवा गर्ने अधिकार हुन्छ ।’