पु.समाचार

दुर्घटनामा परी अभिनेत्री विना थापाको निधन

काठमाण्डौ । राजधानीको बत्तीसपुतली भएको सडक दुर्घटनामा परी अभिनेत्री विना थापाको निधन भएको छ । स्कुटरमा सवार उनलाई पानीट्यांकरले ठक्कर दिएको थियो ।

उनी अभिनित फिल्म पिंजडा ब्याक अगेन रिलिजको पर्खाइमा छ । काठमाण्डौ धापासी बस्दै आएकी विना दुर्घटनामा घाइते भएपछि तत्काल वीर अस्पताल पु¥याइएको थियो । चिकित्सकले उनलाई मृत घोषित गरे । गुल्मीको मुसिकोट गाउँपालिका—२ स्थायी घर भएकी २७ वर्षीया उनी नृत्य र अभिनयमा उत्तिकै सशक्त थिइन् ।

विना बा ५५ प १३८७ नम्बरको स्कुटरमा सवार थिइन् । सो स्कुटरलाई बा २ ख ८९४ नम्बरको पानीट्यांकरले ठक्कर दिएको हो । ठक्कर दिने ट्यांकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।