राजनीति

अध्यादेश स्वीकृत गराउन राष्ट्रपतिविरुद्ध राजपाले चाल्यो यस्तो कदम

काठमाण्डौ । राष्ट्रिय जनता पार्टी राजपाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रिय निर्वाचनसम्बन्धी अध्यादेश पारित गनए दबाब दिने भएको छ ।

बुधबार राजपा पार्टी कार्यालयमा बसेको बैठकले राष्ट्रपतिले राष्ट्रिय सभाको निर्वाचन सम्बन्धी महत्वपूर्ण विषयलाई रोकेर राख्न नहुने उसको ठम्याइ छ ।

संविधान प्रतिकुल रहेकाले राष्ट्रपतिले उक्त अध्यादेश रोकेर राख्न नहुने भन्दै राजपा विरोधमा उत्रिएको हो । अध्यादेश जारी गरेर मुलुकलाई निकास दिन अध्यादेश पारित गर्नुपर्ने भन्दै राजपाले दबाब दिएको छ ।

साथै बैठकले सरकार निर्माणको विषय पार्टीको योजनामा नपरेको भन्दै संविधान संशोधन गरेर मात्र सरकारको विकल्प खोजिने भएको छ । संघीय समाजवादी फोरम नेपालसँग पार्टी एकता गर्नका लागि आश्यक गृहकार्य सुरु गर्ने बैठकको निर्णय छ ।