मनोरञ्जन

‘टाइगर जिन्दा हे’ ले ५ दिनमा कमायो १ अर्ब ७३ करोड

काठमाण्डौ । हिन्दी कथानक चलचित्र ‘टाइगर जिन्दा हे’ अहिले भारत लगायतका अन्य विभिन्न देशमा प्रदर्शन भैरहेको छ ।
निकै राम्रोक्शन गरिरहेको चलचित्रले ५ दिनमा १ अर्ब ७३ करोड भारतीय रुपैयाँ कमाएको छ ।

चलचित्रले पहिलो दिन ३४.१० करोडको ओपनिङ कलेक्शन गरेको थियो । भारतपछि योे चलसचत्रले सबैभन्दा धेरै कलेक्शन दक्षिण अमेरिकाबाट गरिरहेको छ ।

चलचित्र भारतमा ४ हजार ६०० र भारत बाहिर १ हजार १०० हलमा प्रदर्शन भएको छ । २०१२ मा प्रदर्शन भएको चलचित्र ‘एक थाहा टाइगर’ को सिक्वेलको रूपमा रहेको ‘टाइगर जिन्दा हे’ निर्माण भएको हो ।

अलि अब्बास जफरको निर्देशन रहेको चलचित्रमा सलमान खान र कैटरिना कैफ मुख्य भूमिकामा छन् ।