आर्थिक

आठ वर्षको वारेन्टीसहित स्र्माट गिजर अव नेपाली बजारमा

काठमाण्डौ । जाडो याम सुरु भए सँगै पानीतताउँने स्र्माट गिजर भिगार्ड लेअव नेपाली बजारमा ल्याएको छ । भारतीयबजारमा प्रतिष्ठा कमाउन सफल भईसकेको भिगार्ड कम्पनीका गिजरहरु नेपाली बजारमा पनि आफ्नो उच्च स्थानकायम गर्दै आएको छ । त्रिवेणी ग्रुपअन्तर्गत रहेको जिपी ट्रेडिङ कन्सर्नले ग्राहकहरुको उच्च माग अनुरुप भिगार्डका गिजरहरु आयात गर्न शुरु गरेको छ ।

भिगार्ड सन् १९७७माभारतमा स्थापना भएको एक प्रतिष्ठित कम्पनीहो । अहिले इन्डियामा यो कम्पनी प्रतिष्ठित कम्पनीको रुपमा स्थापित भईसकेको छ । भिगार्ड बाट उत्पादित सम्पूर्ण सामाग्रीहरुले उच्च स्तरीय मान्यताप्राप्त गरेको छ । भिगार्ड कम्पनीकागिजरहरुमा८ वर्षको वारेन्टी समेत रहेको छ । जुन अन्य कम्पनीको तुलनामा धेरै नै हो ।यसका प्रडक्टहरुमा आउटर बडि र हिटिङ्ग इलिमेन्ट आई. एस .आई मापदण्डमा आधारितरहेको छ । हाम्रा प्रडक्टहरुमा डब्ल्यु पि. ई ,आई पि सि एस जस्ता उच्चस्तस्रका प्रविधिको प्रयोग भएको छ ।

जिपी ट्रेडिङ कन्सर्नले विद्युतीय प्रविधिबाट सञ्चालन हुने विभिन्न साईजका गिजर बजारमा ल्याएको छ । अहिले नेपालीबजारमा विद्युतीय गिजर प्रचलित बन्दै गएको छ । भिगार्डले उपभोक्ताहरुको आवश्यकतालाई मध्यनजर गर्दै एक लिटर देखि ५० लिटर सम्मका विद्युतीय गिजर बजारमा ल्याएको छ ।

जाडो महिनामा पानी तताउन प्रयोग गरिने यी तीनै प्रकारका गिजरहरुको आआफ्नै विशेषता रहेको छ । विद्युत र ग्याँस नपुगेका स्थानहरुका लागि सोलार गिजर उपयुक्त हुन्छ भने धेरै चिसो हुने, सितलहर पर्ने, घाम देख्ननै नसकिने स्थानहरुमा भने विद्युतीय गिजर नै बढी उपयोगी हुन्छ । त्यस्तै ग्याँस गिजर पनिविद्युतनपुगेको स्थानमा, प्रयोगकाहिसावले सहज रहेको छ । विद्युतीय गिजर बजारमा आउनु भन्दा पहिले ग्यास गिजर बढी प्रचलित थियो । तर अहिले बजारमा विद्युतीय गिजर आउन थाले पछि यसको माग बढेको छ । विद्युतीय गिजर प्रयोग गर्न सहज हुन्छ ।

बढी सुरक्षित हुनका साथै विद्युतीय गिजर आफ्नो आवश्यकता अनुसार जुनसुकै समयमा पनि प्रयोग गर्न सकिन्छ । यसमा पानीको तापक्रमको मात्रा घटाउन बढाउन पनि मिल्छ ।

विद्युतीय गिजरमा हामीले इन्स्ट्याण्ट र स्टोरेज गरी दुई प्रकारका मोडलहरु बजारमा ल्याएका छौ । इन्स्ट्याण्ट मोडलमा पनिदुई प्रकारकामोडलहरु रहेका छन् । इन्स्ट्याण्ट विशेषतःकिचेन र वेसिनमा प्रयोग गरिन्छ । यो ३ हजार वाट देखि ४५ सय वाट सम्मका रहेका छन् । यसमा पानी तुरुन्तै तात्दछ । अहिले बजारमा इन्स्ट्याण्ट मोडलका विद्युतीयगिजर एक लिटर देखि तीन लिटर सम्मको पाउनसकिन्छ । त्यस्तै स्टोरेज हिटर पनि डोमेस्टिक गिजर र इन्स्टिच्युटनलगिजर गरी दुई प्रकारका रहेका छन् । डोमेस्टिक गिजर सामान्यत् घरका लागि प्रयोग गरिन्छ भने इन्स्टिच्युटनल गिजर होटल, अफिसमा प्रयोग गरिन्छ । यो २ हजार देखि ३ हजार वाट का रहेका छन् । डोमेस्टिक गिजर ६ लिटर देखि २५ लिटर सम्मका रहेका छन् भने र इन्स्टिच्युटनल गिजर ३५ लिटर र ५० लिटर मापाउन सकिन्छ ।

भिगार्ड कम्पनी बाट उत्पादित विद्युतीय गिजरको प्रमुख विशेषता भनेको यसले कम विद्युत खपत गर्नु नै रहेको छ । यसका हिटिङ्ग एलिमेन्टहरु आई.एस.आई मान्यताप्राप्त रहेका छन् । गिजरमा ८ वर्ष सम्मको वारेन्टी रहेको छ । अरु ब्राण्ड भन्दा केही फरक भिगार्डका गिजरहरु आकर्षक डिजाईनमा उपलब्ध हुनुका साथै गुणस्तर युक्त रहेका छन् ।