राजनीति

बालकोट बैठकको निर्णयः नयाँ सरकार गठनका लागि प्रधानमन्त्री देउवाले नै बाटो सहज गरिदिनु पर्छ

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको वार्ता सकिएको छ । बुधबार दिउँसो १ बजेदेखि सुरु भएको दुई नेताबीचको वार्ता सभा २ बजे सकिएको हो ।

नयाँ सरकार गठनको लागि प्रधानमन्त्री शेरबहादुर देउवाले मार्ग प्रशस्त गर्नुपर्नेमा दुबै नेताको समान धारणा छ । भेटमा निर्वाचन आयोगबाट प्रतिनिधि सभा तर्फको समानुपातिक परिणाम सार्वजनिक गर्नुपर्नेबारे पनि छलफल भएको थियो । निर्वाचन आयोगले नयाँ सरकार गठनका विषयमा वातावरण सहज बनाउनुपर्नेबारे पनि नेताहरु बीच कुराकानी भएको दाहालका प्रेस स‌ंयोजक मनहरी तिमिल्सिनाले जानकारी दिए ।

शुक्रबार चितवनतर्फ लागेका दाहाल मंगलबार अपराह्न राजधानी फर्किएका थिए । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल गरेका एमाले र माओवादीले निर्वाचनपछि पार्टी एकता गर्ने घोषणा गरेका थिए । तर निर्वाचन पछि भने उनीहरुबीच एकताको विषयमा तिब्र छलफल चल्न नसकेको अवस्थामा दुई पार्टीका अध्यक्षबीचमा छलफल भएको हो ।

पर्ने निष्कर्ष दुई नेताले निकालेको बताए । उनले भने, ‘नयाँ सरकार गठनका विषयमा वर्तमान सरकारले नै बाटो खुल्ला गरिदिनु पर्ने निष्कर्ष दुई नेताले निकाल्नु भएको छ ।’

वार्तामा सरकार गठन र पार्टी एकताको विषयमा कुराकानी भएको थियो । जसअनुसार एकताका लागि भोलि पार्टी एकता संयोजन समितिको बैठक बस्ने सहमति दुई नेताले गरेका छन् ।