विचित्र संसार

साउदी अरबका राजकुमारले किने दुनियाँकै महंगो महल, जसको मूल्य सुनेर तपाई चकित पर्नुहुन्छ !

एजेन्सी । साउदी अरबका राजकुमारले दुनियाँकै महगों महल किनेका छन् । साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले उक्त महल खरीद गरेका हुन् ।

फ्रान्सको लुभिजियन्समा भरसाइल इलाकामा रहेको यो महलको अनुमानित मूल्य ३० करोड डलर अर्थात् ३० अर्ब रुपैयाँ पर्दछ ।

यो महलको एक खास विशेषता भनेको यो प्राविधिक रुपमा अति नै विकशित छ । त्यहाँ सुन्दर पोखरी तथा पानीका फोहोरा छन् । महलभित्र रहेका बत्ती, महलभित्रको आवाज तथा हावालाई दुनियाँको कुनै पनि कुनामा बसेर एक आइफोनबाट नियन्त्रण गर्न सकिन्छ ।

यी राजकुमारले यसअघि लियोनार्दो दा भिन्चीको सल्भातोर मुन्डी नामक पेन्टिङ ४५ करोड डलरमा खरीद गरेका थिए । उनीसँग यो महलभन्दा पनि महँगो पर्ने ४४० फुटको एक जहाज छ जसमा दुई पूल, एक हेलिप्याड समेत छ ।