राजनीति

माओवादीसँग छुट्टिएर ओलीले यसरी बनाउँदैछन् बहुमतको सरकार !

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईसँगको छलफललाई तिव्रता दिएका छन् ।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने चर्चा चलिरहेका बेला ओलीले भने अर्कौ बाटो खोज्न थालेका छन् । फोरम अध्यक्षलाई शुक्रबार बालकोट निवासमा बोलाएर सरकारमा सहभागी हुने आग्रह गरेका थिए । भने नयाँशक्तिका स्रयोजक भट्टराईसँग सोमबार भोटवार्ता गरेका थिए । उनले अब बन्ने सरकामा सहभागी हुन आग्रह गरेको स्रोतले बताएको छ । तर, तर यी दुुवै दलका नेता भने सरकारको विषयमा कुनै कुरा नभएको बताउँछन् ।

फोरम अध्यक्ष यादवले भने, ‘फोरम सकारमा सहभागी हुने संभावना छैन र हाम्रो माग पूरा नगरेसम्म सरकारमा सहभागी हुँदैन पनि ।’ उनको यो भनाईबाट थाहा हुन्छ कि फोरम सरकारको लालचमा छ तर, ओलीले संविधान संशोधन गर्ने संभावना नदेखेपछि उनी पनि ओलीबाट तर्किदै गएका छन् । फोरमको चाहना छ कि माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार बनोस् र उनको सरकारमा सहभागी भएर संविधान संशोधन गर्न सकियोस् ।

जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रष्ठले फोसबुकमा लेखे ‘फोरमबाटै कोरम पुर्याएर ‘नयाँ घरबार जोरम’ हो र ! सम्बन्ध जेरीजस्तो जेलिएला ! भेटघाट, भलाकुसारी उमेर पुगेका ठिटाठिटीको मुखामुख, डेटिङ एउटा कुरा, बिहे त भरपर्दो र टिकाउ जोडीसँगै हुने होला नि !’

श्रेष्ठको संकेत थियो, एमालेले पछिल्लो समय चुनावी सहयात्री माओवादी केन्द्रलाई बाइपास गरेर सरकार गठनका लागि गरिरहेको भित्री तयारीतर्फ । गठबन्धनलाई एकताको स्वरुप दिने विषयमा माओवादीसँग खटपट चलिरहेको बेला नयाँ गठबन्धनको पहलबारे संकेत गर्दै छलफल जतासुकै भएपनि सरकार भने भरपर्दौ र टिकाउ बनाइनु पर्ने उनको जोड छ ।

संसद विघटन हुनुपूर्व एमाले अध्यक्ष ओली संविधान संशोधन गर्न नदिएको आरोप लगाउँदै आएका मधेसवादी दलहरु ओलीबाट बिच्किसकेका छन् । अध्यक्ष दाहालको आतबाट मात्र यो काम सफल हुने भन्दै फोरम ओलीबाट सजक बन्दै आएको छ ।

किन माओवादीबाट टाढिन खोज्दैछन् ओली ?

गत असोज २१ गते पार्टी एकीकरण गर्ने भनेर वाम गठबन्धनको घोषणा गरेका एमाले–माओवादीबीच सरकार निमाणृका विषयमा मनमुटाव देखिँदै आएको छ । नेपाली काँग्रेसका सभापति एवं प्रधानमनत्री शेरबहादुर देउवासँग अध्यक्ष दाहालले भेट गरेपछि माओवादीसँग ओली तर्किदै आएका छन् । देउवाले अध्यक्ष दाहाललाई प्रधानमन्त्री बन्न ‘अफरे’ गरेपपछि ओली रुष्ट बन्दै आएका छन् । तर, दाहालले वाम गठबन्धनबाट आफू बाहिरिन नचाहने भन्दै उक्त ‘अफर’ अस्वीकार गरिदिए । प्रधानमन्त्री देउवालाई भेटेदेखि ओली दाहालसँग सकारात्मक हुन सकेका छैनन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा सरकार गठन गर्ने दलले १३८ सांसद संख्या पुर्याउनुपर्छ । एमालेको १२१ र फोरमको १६ र नयाँ शक्तिको १ जोड्दा १३८ सिट पुग्छ । यही बुझेर ओली यो विकल्प खुल्ला राख्दै छलफलमा जुटेका हुनसक्ने स्रोतको बुझाइ छ ।

नेपालमा गठबन्धनको अभ्यास पहिलो पटक भएको छ । त्यो पनि दुई कम्युनिष्ट पार्टीहरु बीच । कम्युनिष्टको इतिहास हेर्ने हो भने नेपाल कम्युष्टि पार्टीको तेस्रो महाधिवेशन पछिबाट विभाजनको यात्रा सुरु भएको छ । बल्लबल्ल गठबन्धनबाट एक ठाउँमा आएका कम्युनिष्टमा पुनः पुरानै रोग नलाग्ला भन्न सकिदैन ।

अध्यक्ष दाहालले पार्टी एकता पछि सम्मानजनक स्थान नपाए वा एकीकृत पार्टीको अध्यक्ष नपाएको अवस्थामा के केपी ओलीलाई प्रधानमन्त्रीको रुपमा स्वीकार्लान् भन्ने प्रश्न प्रमुख छ । ओली प्रधानमन्त्री भएपछि एमाले महासचिव ईश्वर पोखेरलको भनाई जस्तै एकीकृत पार्टीको अध्यक्ष र संसदीय दलको नेता पनि ओली आफै बने एमाले र माओवादीमा मिलेर बनेको सरकारमा नयाँ खेल सुरु हुने खतरा पनि उत्तीकै देखिन्छ ।