सामाजिक सञ्जाल

संविधानको व्याख्या गर्न अदातल जाऊ भन्दै कमल थापाले हाने कडा प्रहार !

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले १२ वर्षदेखि राजनीतिमा कायम रहेको सिण्डिकेट प्रणाली अन्त्य हुनुपर्ने बताएका छन् ।

बुधबार बिहान सामाजिक सञ्जालमा एक टिव्ट गर्दै अध्यक्ष थापाले संसदको चुनाव सकिएकाले अब राज्यव्यवस्था संचालन हुनुपर्ने माग राखेका छन् ।

प्रतिनिधिसभाको निर्वाचनमा मकवानपुर– १ बाट पराजित थापाले असतन्तुष्ट दलहरुलाई सहमति गरेर अगाडि बढ्न सुझाव दिएका छन् । उनले भनेका छन्, ‘नयॉ संबिधान कार्यान्वनमा आएको दुई बर्ष भयो, संसदको चुनाव पनि सकियो । अब विधिविधान अनुसार राज्यव्यवस्था संचालन हुनुपर्छ ।’

मधेश केन्द्रित दललाई लक्षित गर्दै उनले संविधानको व्याख्यामा चित्त नबुझे संबिधान बमोजिम सर्वोच्च अदालतले टुंगो लगाउने बताए । दलको नामै नलिई अध्यक्ष थापाले यस्तो बताएका हुन् ।

उनले भने, ‘संविधानको व्याख्यामा विवाद वा चित्त नबुझे संबिधान बमोजिम सर्वोच्च अदालतले टुंगो लगाउँछ । कथित सहमतिको नाममा १२ बर्षदेखि राजनीतिमा कायम सिण्डिकेट प्रणाली अब बन्द हुनुपर्छ ।’