पु.समाचार

स्याङ्जामा देउवा र पौडेल पक्षका कार्यकर्ताबीच हानहान, उपचारका लागि काठमाण्डौ ल्याइयो

स्याङ्जा । नेपाली कांग्रेस स्याङ्जामा चुनावी समीक्षाका लागि बैठक बसेका कार्यकर्ताबीच नै कुटाकुट भएको छ । कुटापिटबाट तीन जना घाइते भएका छन् । तीनमध्ये दुई जनालाई उपचारका लागि काठमाण्डौ लगिएको छ ।

सदरमुकाम वालिङमा बसेको समीक्षा बैठकमा देउवा पक्षधर कार्यकर्ताले पौडेल पक्षधर कार्यकर्तालाई कुटेका हुन् ।

कुटाइबाट भेषराज अर्याल, कमल ढकाल र सुशिल काफ्ले घाइते भएका छन् । अर्याल र ढकाललाई उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौ लगिएको हो ।

स्याङ्जाका दुवै क्षेत्रमा कांग्रेस उम्मेदवार पराजित भएपछि एक गुटले अर्को गुटलाई हारका लागि जिम्मेवार ठहर्‍याउँदै आएका छन् ।