राजनीति

एमालेसँग मिलेर सरकार बनाउने विषयमा उपेन्द्र यादवले गरे यस्तो खुलासा

काठमाण्डौ । संघीय समाजवादी फोरमले एमालेसँग सरकार निर्माणबारे औपचारिक छलफल नै नभएको स्पष्ट पारेको छ ।

फोरम अध्यक्ष उपेन्द्र यादवले शुक्रबार एमाले अध्यक्ष केपी ओलीलाई भेटेका थिए । तर, सरकार निर्माण प्राथमिकता नपाएको उनले बताए । उनले भने, हामी सरकारमा जाने र हामी र एमाले मिलेर सरकार बनाउने कुरै भएको छैन ।’

ओलीसँग मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गरिएको भन्दै उनले आफूहरुको माग अनुसार संविधान संशोधन नभई सरकारमा जाने अवस्था नरहेको बताए ।

फोरम अध्यक्ष यादवले तीन ठूला दलकै कारण निर्वाचनपछि पनि मुलुकमा संवैधानिक जटिलता देखिएको पनि बताए ।