मनोरञ्जन

तपाईकी प्रेमिका र श्रीमतिले कति जनासँग सम्बन्ध राखे भन्ने जान्न चाहनुहुन्छ ? पहिला यो पढ्नुहोस्

काठमाण्डौ । नेपाली समाजमा अझै पनि यौनसमबन्धि विभिन्न किसिमका भ्रमहरु रहेका छन । कतिपय मानिसहरु अझै पनि महिलाको यौनाङगको अवस्था हेरेर विभिन्न भ्रममा परिरहेका छन । तर यथार्थ धेरैलाई थाहा नहुन सक्छ ।

भगक्षेत्र

पुरुषको तुलनामा महिलाको यौनअङ्ग बाहिरबाट हेर्दा त्यति स्पष्ट देखिँदैन । झट्ट हेर्दा छालाको दुई पत्र एक–अर्कामा टाँसिएको जस्तो मात्र देखिन्छ । यही भगको माथिपट्टि बोसोयुक्त तन्तुले बनेको केही उठेको भागलाई भगक्षेत्र भनिन्छ । भग क्षेत्रमा भएका छालाको पत्रलाई फर्कायौं भने भित्रतिर ठूलो र सानो भगोष्ठ, भगाङ्कुर तथा योनिद्वार जस्ता विभिन्न अङ्ग देख्न सकिन्छ ।

भगोष्ठ

यो भगक्षेत्रको सबैभन्दा बाहिरी भाग हो । यसको दायाँ र बायाँतर्फ बोसोयुक्त तन्तुले बनेका दुई पत्र हुन्छन् । हामीले यी ठूला भगोष्ठलाई बाहिर फर्कायौं भने दुवैतिर एक–एक साना भगोष्ठ देख्न सक्छौं । यही साना भगोष्ठले भित्री भगक्षेत्रलाई छोपेर राखेको हुन्छ । यी ठूला तथा साना भगोष्ठको छेउ माथि र तलतिर एक–अर्कासँग जोडिएको हुन्छ । यी भगोष्ठको आकृति र नाप व्यक्तिअनुसार फरक हुन्छ ।

भगाङ्कुर

महिला शरीरमा भएको महत्वपूर्ण यौनअङ्ग हो । यो भगक्षेत्रको माथिल्लो भागतिर हुन्छ जहाँ भगोष्ठ दुवैतिरबाट एक–आपसमा जोडिन्छन् । यसको काम भनेकै महिलालाई यौन सुख दिनु हो । भगाङ्कुरको टुप्पोलाई अंग्रेजीमा नबिलक भनिन्छ । व्यक्तिअनुसार यसको आकार फरक भए पनि सामान्यतया यो केराउको दानाजत्रो हुन्छ । यसको कजबात शरीरसँग जोडिएको हुन्छ । भगाङ्कुर लामो–छोटो हुनुमा कजबात को विशेष भूमिका हुन्छ । निकै सानो भए पनि यो पुरुषको लिङ्गजस्तै उत्तेजित हुन्छ ।

योनि

भगक्षेत्रमा दुईवटा द्वार हुन्छन् । त्यसमध्ये पिसाब आउने द्वारलाई मूत्रद्वार भनिन्छ भने त्यसको ठीक तल रहेको अर्को द्वारलाई योनिद्वार भनिन्छ ।

योनिद्वार

भगक्षेत्रको बीचतिर हुन्छ । यो मांसपेशीले बनेको एकदमै लचिलो यस्तै ३–४ इन्च लामो मार्ग हो । सामान्य अवस्थामा यसका भित्ताहरू एक–अर्कासँग टाँसिएको अवस्थामा हुन्छ, तैपनि योनिको लम्बाइ र चौडाइ व्यक्तिपिच्छे फरक–फरक हुन्छ । योनिद्वारको गोलाइ पनि फरक–फरक हुन्छ ।योनिच्छद योनिद्वार नजिकै एकदमै पातलो छालाको झिल्ली हुन्छ जसलाई योनिच्छद भनिन्छ । योनिको आकृतिको विविधतालाई अनुसन्धानकर्ताहरूले समानान्तर, सोली, पान, चिप्लेकिरा तथा फर्सीको बियाँजस्ता विभिन्न आकारको हुने कुरा बताएका छन् । यौन उत्तेजनाका बेला योनिको भित्तावाट विशेष रस निस्कन्छ, जसले योनिलाई चिप्लो बनाई यौनसम्पर्क गर्दा लिङ्गलाई भित्र–बाहिर गर्न सजिलो बनाउँछ । लचिलो हुने भएकाले यसको आकृति यौनसम्पर्कका बेला आवश्यकताअनुसार ठूलो वा सानो हुन्छ ।

योनिच्छद

योनिद्वारको ठीक भित्रपट्टि हुने गुजमुज्ज परेको पातलो छालाको पत्र वा झिल्लीलाई योनिच्छद भनिन्छ । यौनसम्पर्कका बेला झिल्लीको आफ्नै कुनै निश्चित भूमिका हुँदैन, तर यसले महिनावारी हुँदा निस्कने रगतका लागि बाटो बनाइदिन्छ । धेरैजसो महिलामा यो झिल्ली योनिद्वारको भित्तावाट अलिकति मात्र बाहिर निस्किएको हुन्छ, अर्थात् यसले योनिद्वारलाई पूरै ढाकेको हुँदैन ।

यस्तै १० हजार महिलामध्ये एक जना यो झिल्ली नभएकै अवस्थामा जन्मन्छन् । योनिच्छदको आकार, बनावट तथा मोटाई व्यक्तिअनुसार फरक–फरक हुन्छ ।

कुनै साना हुन्छन् भने कुनै ठूला, त्यसैगरी स्तनको आकृति पनि कुनै गोलाकार, कुनै अलि चुच्चो परेको हुन्छ भने कुनै झोल्लिएको सम्म हुन्छ । गर्भावस्था र स्तनपान गराइरहेको अवस्थामा स्तन केही ठूलो हुन्छ ।स्तनको विकासका क्रममा यसको आकार र कडापनमा पनि परिवर्तन हुन्छ । स्तनको आकृति तथा नाप अनुसार थुनचोली बन्ने गरेका छन् । स्तन तथा थुन चोलीका आकारलाई आधार मान्ने हो भने भएका भनेर वर्गीकरण गरिएको पाइन्छ ।

त्यसैले पनि कुनै पनि महिलाले धेरै जना सगं षैनसम्पर्क गरेको पत्ता लाग्दैन ।