खेलकुद

घरेलु मैदानमै यसरी पराजित भयो रियल म्याड्रिड

एजेन्सी । विश्व प्रसिद्ध क्लब बार्सिलोनाले अल क्लासिको भीडन्तमा रियल मर्डिडलाई हराएको छ । म्यार्डिडको घरेलु मैदानमै बार्सिलोनाले उसलाई ३–० अंकले पराजित गर्न फिल भएको हो ।

खेलमा बार्सिलोनाका लागि लुइस सुवारेज, लियोनल मेसी र एलेक्स भिदालले गोल गर्न सफल भएका थिए भने रियलका खेलाडीहरुले खासै राम्रो प्रदर्शन गर्न सकेनन् ।

खेलमा बार्सिलोनाले ६४ मिटेनमा आफ्नो अग्रता दोब्बर पार्न सफल भएको थियो । म्यार्डिडको घरेलु मैदानमा भएको उक्त खेलको जितसँगै बार्सिलोना म्यार्डिभन्दा १४ अंकले अगाडि भएको छ ।

यो जितसँगै बार्सिलोनाका ४५ अंक भएको छ भने म्याड्रिड ३१ अंकमा सिमिति भएको छ ।