आर्थिक

‘कर्पोरेट फ्रडमा प्रोफेसनल इथिक्स र गभर्नेन्सको भूमिका’ विषयक गोष्ठी सम्पन्न

काठमाण्डौ । काठमाण्डौ युनिभर्सिटी स्कुल अफ मेनेजमेन्ट (कुसुम) र एसीसीएको संयुक्त आयोजनामा ’कर्पोरेट फ्रड’ मा प्रोफेसनल इथिक्स र गभर्नेन्सको भूमिका’ विषयक गोष्ठी सम्पन्न भएको छ ।

शनिबार काठमाण्डौको होटल हिमालयमा आयोजित उक्त कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त सुर्यनाथ उपाध्याय, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर युवराज खतिवडा, बैंक अफ काठमाण्डौका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्त, आइएफआरएस परामर्शदाता जगदीश भट्टराई र कर्पोरेट फ्रडका अन्तराष्ट्रिय बिज्ञ एन. श्रीनिभासनले विषयमा आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा कर्पोरेट फ्रडका अन्तराष्ट्रिय बिज्ञ एन श्रीनिभासनले विभिन्न मुलुकमा भएका कर्पोरेट फ्रडका बारेमा प्रकाश पारेका थिए ।

त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त सुर्यनाथ उपाध्यायले बिगतमा हुने गरेका कर्पोरेट फ्रड र आजभोली हुने गरेका कर्पोरेट फ्रडका बारेमा प्रकाश पारेका थिए ।

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर युवराज खतिवडाले कर्पोरेट फ्रडमा नियमनकारी निकायको भूमिकाका बारेमा समेत प्रकाश पारेका थिए ।

उनले देशमा विभिन्नखाले नियमनकारी निकाय भएकाले एउटा नियमनकारी निकायले अर्को नियमनकारी निकायलाई साथ र सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बैंक अफ काठमाण्डौका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तले पछिल्लो समय भएका विभिन्न कर्पोरेट फ्रडका बारेमा प्रकाश पारेका थिए भने जगदीश भट्टराइले कर्पोरेट फ्रडमा लेखापालको भूमिकाको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा उपस्थितहरुले विभिन्न संस्थाले बनाउने दुईखाले वित्तिय प्रतिवेदन, कर्पोरेट फ्रडमा, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, आन्तरिक राजश्व विभाग र नेपाल राष्ट्र बैंकको भूमिकाका बारेमा सोधेका थिए । कार्यक्रममा वक्ताको रुपमा उपस्थितहरुले दर्शकदीर्घाबाट आएका उक्त प्रश्नहरुको उत्तर दिंदै नेपालमा कर्पोरेट फ्रड निम्तनुमा विभिन्न नियमनकारी निकायको समेत कमजोरी रहेको स्वीकार गरेका थिए ।