अन्तर्राष्ट्रिय

अमेरिकाले नयाँ सुरक्षा रणनीति सार्वजनिक गरेलगत्तै उत्तरकोरियाले दियो यस्तो जवाफ !

एजेन्सी । उत्तरकोरियाले अमेरिकाद्वारा भर्खरै सार्वजनिक गरिएको सुरक्षा रणनीतिबारे कडा प्रतिक्रिया दिएको छ । सोमबार अमेरिकाले सार्वजनिक गरेको सुरक्षा रणनीति उत्तरकोरिया विरुद्ध लक्षित भएको भन्दै कडा रुपमा त्यसको विरोध गरेको हो ।

उत्तरले अमेरिकाको उक्त नीतिलाई विश्वभर उपनिवेश जमाउने उद्धेश्यका साथ आएको भन्दै अपराधको संज्ञा समेत दिएको छ ।

अमेरिका र संयक्त राष्ट्रसंघको आग्रहलाई बेवास्ता गर्दै उत्तरकोरियाले श्रृंखलाबद्ध रुपमा आणविक हतियारहरुको परीक्षण गरेपछि अमेरिकाले नयाँ सुरक्षा रणनीति सार्वजनिक गरेको जनाएको छ ।  उसको यो रणनीति एसियालक्षित भएको समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।