पु.समाचार

एमाले र माओवादीबीच पार्टी एकता होलाकि नहोला ? केपी ओलीले दिए यस्तो संकेत !

काठमाण्डौ । नेकपा एमालेले माओवादी केन्द्रसँग गर्ने भनिएको एकता प्रक्रिया केही समय पछि सर्ने संकेत दिएको छ । शुक्रबार उपाध्यक्ष वामदेव गौतमको निवास भैंसेपाटीमा बसेको उक्त पार्टीको बैठकमा पार्टी अध्यक्ष केपी ओलीले सो कुराको संकेत गरेका हुन् ।

बैठकलाई सम्बोधन गर्दै उनले दुई पार्टीका नेता–कार्यकर्ताहरुको व्यवस्थापन र सिद्धान्तका विषयमा एकरुपता दिन केही समय लाग्ने भन्दै दुवै पार्टी त्यसमा लागिरहेको बताएका छन् ।

पार्टी एकता हुने कुरा निश्चित भएपनि सबै कुरा मिलाउन केही समय लाग्ने देखिएको छ, त्यसर्थ पार्टी एकता केही समय पछि जान्छ, अध्यक्ष ओलीलाई उदृत गर्दै श्रोतले बताएको छ ।

बैठकमा राष्ट्रपति कार्यालयमा पुगेर अड्किएको राष्ट्रियसभा अध्यादेशका विषयमा पनि ब्रिफिङ भएको थियो ।