अन्तर्राष्ट्रिय

अपदस्त क्याटलोनियाली नेताद्वारा स्पेनी प्रधानमन्त्रीलाई भेट्ने प्रस्ताव

ब्रसेल्स । क्याटलोनियाका अपदस्त नेताहरुले स्पेनका प्रधानमन्त्रीलाई देश बाहिर भेटवार्ताका लागि आह्वान गरेका छन् ।
बिहीबार भएको निर्वाचनमा क्याटलोनियाको पृथकतावादी पार्टी विजयी भएपछि पृथकतावादीको आरोपमा अपदस्त नेताहरुले प्रधानमन्त्री मारिआनो रखोेयलाई स्पेन बाहिर भेटवार्ताका लागि आह्वान गरेका हुन् ।
क्यटलोनियाको संसदका लागि स्पष्ट बहुमत आएकाले आगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने बारेमा छलफल गरेर क्याटलोनियाको सङ्कट अन्त्य गर्न चाहेको अपदस्त नेताहरुले बताएका छन् ।
प्रथकतावादी नेता पुज्डमोनले ब्रसेल्समा पत्रकारहरुसँग बोल्दै आफ्नो क्षेत्रलाई स्पेनबाट छुट्टै राज्यको रुपमा संसदले घोषणा गरेपछि मात्रै आफू ब्रसेल्सबाट फर्किने बताए ।
उनी स्वदेश फर्किएमा देशद्रोही, विद्रोही र राज्य कोषको दुरुपयोग गरेको अभियोगमा पक्राउ पनि पर्न सक्छन् ।
“ब्रसेल्समा वा युरोपको कुनै ठाँउमा म प्रधानमन्त्री राजोयलाई भेट्न चाहन्छु, यो ठाँउ अव धेरै समय स्पेनको राज्यको रुपमा रहने छैन,” उनले भने ।
स्वतन्त्रताको प्रश्नमा मतदानले धेरै फराकिलो मतान्तरले स्वतन्त्रताको पक्षमा विश्वास देखाएको छ ।