अन्तर्राष्ट्रिय

इयू र बेलायतको बहिर्गमन प्रक्रिया अन्त्यतिर

ब्रसेल्स । युरोपेली युनियन(इयू) बाट बहिर्गमनका लागि प्रक्रियाहरु अन्तिमतिर पुगेका बताइएको छ ।

यूरोपियन यूनियन र बेलायतबीच दुई हप्ताअघि भएको सम्झौता वार्ता सहमति नजिक पुगेको ईयूका प्रमुख डोनाल्ड टस्कले बताए ।

उनले बिहीबार ब्रसेल्समा भने– बेलायतले इयू र अन्य सम्बद्ध पक्षसँग वार्तालाई अघि बढाएको छ र ठीक बाटोमा यो विषय अघि बढिरहेको छ, त्यसैले समयमै बेलायतको बहिर्गमन हुनसक्ने देखिएको छ ।

बेलायतको बहिर्गमनका लागि यसअघि युरोपेली युनियनका उच्च अधिकारीहरुसँग बेलायतका प्रधानमन्त्री टिरिजा मेले वार्ता गरेका थिइन् ।

उनले पछिल्लो समयमा यस विषयमा युरोपका विभिन्न नेताहरुसँग निकै चरणमा वार्ताहरुलाई निरन्तरता दिएका समाचारहरु विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा आइरहेका छन् ।

प्रधानमन्त्री टिरिजा मे बिहीबारै पनि पोल्याण्डको भ्रमणमा जान लागेका छन् । उनी बिहीबार युरोपेली युनियनसँग सम्बन्धित विषयमा वार्ताका लागि त्यसतर्फ जान लागेको समाचारमा जनाइएको छ ।

प्रधानमन्त्री मे पछिल्लो समयमा युरोपेली युनियनबाट बेलायत बाहिरिने विषयमा युरोपका विभिन्न देशसँग वार्ता गर्दै छन् ।

पहिलेको तुलनामा सहमतिको निकै नजिक वार्ता पुगेको टस्कले बताए । सम्झौताका लागि निकै जटिल बिषयका रूपमा देखिएको आइरल्याण्डका बिषयमा पनि सहमतिको सम्भावना बढेर गएको छ, ईयू प्रमुख टस्कले बताए ।

ब्रेक्जिटका बिषयमा आएरल्याण्डका प्रधानमन्त्री लियो वारदकरसँग इयूका तर्फबाट अध्यक्ष टस्कले पनि भेटवार्ता गरेका थिए । उक्त वार्ताका क्रममा पनि निकै सकारात्मक जवाफ आफूले पाएको जानकारी उनले दिए ।

अध्यक्ष टस्कले इयू नेताहरू खुला व्यापारसम्बन्धी वार्ताका लागि सहमति जनाउने सङ्केत आफूले पाएको पनि उहाँले हालैमात्र सार्वजनिक गरेका थिए ।

बेलायतले आफू इयूको सदस्य नरहनेगरी बाहिरिने निर्णय यसअघि नै गरिसकेको छ । तर औपचारिक रुपमा बाहिरिन मात्र बाँकी रहेको छ ।