पु.समाचार

यी हुन् एमाले र माओवादीबीच एकता हुनुहुँदैन भन्ने माओवादी केन्द्रका नेताहरु

काठमाण्डौ ।  नेकपा माओवादी केन्द्र र एमालेबीच नयाँ सरकार गठनअघि नै पार्टी एकीकरण गर्ने गृहकार्य अगाडि बढिरहेका बेला एमालेसँग पार्टी एकीकरण नगर्न केही नेताले दबाब दिएका छन् ।

माओवादी केन्द्रले नयाँ सरकारअघि नै पार्टी एकीकरणको खाका तयार गरेर मात्र सरकार गठन गर्नुपर्ने निर्णय गरेको छ ।

पार्टी एकीकरणको गृहकार्य अगाडि बढिरहेको बेला माओवादी केन्द्रका नेता विश्वभक्त दुलाल, गोपाल किरातीलगायतका नेताले एमालेसँग तत्काल पार्टी एकता गर्न नहुने भन्दै आन्तरिक तयारी थालेका छन् ।

चुनावी तालमेलसँगै पार्टी एकीकरण गर्ने माओवादी एमालेबीच ६ बुँदे सहमति भएपछि गोपाल किरातीले पार्टी पुनर्गठन गर्ने धम्की दिएका थिए ।

तर प्रचण्डको आग्रहमा किरातीले नोट अफ डिसेन्ट लेख्दै पार्टीमा नै काम गर्दै आएका छन् ।