पु.समाचार

एसईई परीक्षा चैत २८ गतेदेखि सुरु (तालिकासहित)

काठमाण्डौ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक भएको छ ।

बुधबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको तालिकाअनुसार चैत ८ गतेदेखि सञ्चालन हुने भएको छ । तालिका अनुसार चैत ८ र ९ गते अनिवार्य अंग्रेजी र नेपाली विषयको परीक्षा सञ्चालन हुने भएको छ ।

त्यस्तै चैत १२ गते अनिवार्य गणित, १३ गते अनिवार्य विज्ञान, १४ गते सामाजिक अध्ययन, १५ गते अनिवार्य स्वास्थ्य जनसंख्या तथा वातावरण, १६ गते ऐच्छिक प्रथम र १७ गते ऐच्छिक द्धितिय विषयको परीक्षा सञ्चालन हुनेछ ।

बोर्डले संस्कृत तथा प्राविधिक धारका विषयहरुको परीक्षा पनि चैत ८ गतेदेखि २० गतेसम्ममा सम्पन्न गर्नेगरी तालिका सार्वजनिक गरेको छ ।