राजनीति

यस कारण मत्थर हुंदैछ सभापति देउवाको राजीनामाको आवाज, देउवा, पौडेल र सिटौला एक ढिक्का हुंदै

काठमाण्डौ । मंसिर १० र २१ गतेको प्रतिनिधि सभा एवं प्रदेश सभा निर्बाचनको निर्बाचनको परिणाम आए पश्चात पार्टीले भोग्नुपरेको हारलाई लिएर पार्टी सभापति शेरबहादुर देउवालाई सभापतिको पदबाट राजीनामा दिन आएको दबाब बिस्तारै सेलाउदै गएको छ ।
प्रधानमन्त्री समेत रहेका शेरबाहादुर देउवाले आफूले डडेलधुराबाट भारी मतले विजय हाँशिल गरेपनि देशभर काँग्रेसको प्रतिनिधि सभामा जम्मा २३ सीट मात्र छ । प्रदेश सभामा पनि प्रत्यक्षमा लज्जास्पद नतिजा हाँशिल गर्यो ।
प्रतिनिधि सभा र प्रदेश सभामा लज्जास्पद परिणाम ल्याउन सकेको काँग्रेसको समानुपातिमा भने पहिलो पार्टी बनेको एमले भन्दा एक सीट मात्र कम छ । सभापति देउवाको तीब्र रुपमा पहिलो पटक काठ्माण्डौ ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्बाचित कााग्रेस केन्द्रीय सदस्य गगन कुमार थापाले गरेका थिए । त्यसपछि काठमाण्डौ १ बाट निर्बाचित साँसद प्रकाशमान सिंहले पनि सभापति देउवाका कारण पार्टी हारको संघारमा पुगेको हुंदा पार्टीले बिशेष माहाधिवेशन बोलाएर नेतृत्व परिवर्तन गर्नुपर्ने धारणा राखेका थिए ।
पछिल्लो समयमा आएर देउवाको राजीनामा बिशेषतः पौडेल समूहका नेताहरुले मागेपनि उक्त समूहका नेता समेत रहेका बरिष्ठ नेता रामचन्द्र पौडेलले नै निर्बाचनमा पराजय भोग्नु सभापति देउवाको राजीनामा माग्न मतथर हुन देखिन्छ ।
अर्को कारण भनेको समानुपाितकमा काँग्रेसको मत एमलेको भन्दा धेरै अन्तर नहुनु, तेस्रो प्रत्यक्षमा कााग्रेसको मत एमलेको भन्दा ५ लख भन्दा बढी हुनु, चौथो कारण, पार्टी सभापति एवं प्रधानमन्त्रीको बिरुद्धमा बोल्नेलाई कार्यकर्ताहरुबाट कारबाहीका लागी आवाज बुलन्द हुन खोज्नु हुन् ।
अर्को महत्वपूर्ण कारण भनेको सरकारले पेश गरेको अध्यादेश राष्ट्रपतिले सदर नगर्नु हो । राष्ट्रपति बिद्यादेवी भण्डारीसमक्ष सरकारले राष्ट्रिय सभा गठन सहजका लागी पेश गरेको बिधेयक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उक्साहटमा सदर हुनबाट रोकिएपछि काँग्रेसले संबिधान अनुसार राष्ट्रिय सभा गठन भन्दा अघि प्रधानमन्त्रीले राजीनामा नदिने बताएके छ । संबिधानको धारा ८४ (८) मा समानुपातिक को नामावली पास गर्न राष्ट्रिय सभा गठन हुनुपर्नेभएकोले काँग्रेसलाई उक्त बिधेयक पास गर्न राष्ट्रपतिलाई दबाब दिन बल पुगेको हो ।
काँग्रेसमा पार्टी सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, माहामन्त्री डा. शसाँक कोईराला लगायतका नेताहरुले अध्यादेश पास नभएसम्म प्रधानमन्त्रीले राजीनामा नगर्ने बताएका छन् ।
नेपाली काँग्रेसका शीर्ष नेताहरुलाई यसबाट एमालेसँग थप टाढा हुने र आन्तरिक रुपमा एकढिक्का हुने बल मिलेको छ । काँग्रेस प्रमुख प्रतिपक्षी दल हुने लगभग निश्चित भएपछि कााग्रेस नेताहरु एक ढिक्का भएर आफ्नो पार्टीलाई आन्तरिक सुधार तर्फ लाग्न थालेका छन् । काँग्रेसले माहासमित बैठक बोलाएको छ । केनद्रीय समितिको बैठक बस्छ त्यसपछि सबै भातृसंगठनलाई सकृय गरेर पार्टीलाई मजबुत बनाउछ एक केन्द्रीय सदस्यले सुर्यखबरलाई भने ।