पु.समाचार

नेपाल आउँदै चिनियाँ राष्ट्रपति, भ्रमणको तयारी गरिदै

काठमाण्डौ । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने भएका छन् । केही वर्षअघि नेपाल भ्रमणमा आउने तयारीमा रहेका राष्ट्रपति सी त्यसबेला आउन सकेका थिएनन् । तर अहिले भने उनी नेपाल भ्रमणमा आउने तयारीमा रहेको श्रोतले बताएको छ ।

राष्ट्रपति सीले सन् २०१६ सेप्टेम्बरमा दक्षिण एसियाली राष्ट्रहरु भारत, श्रीलंका, बंगलादेश, पाकिस्तान लगायतको भ्रमण गर्दा नेपाल भ्रमण गर्ने रुटिन बनाएका थिए तर त्यसबेला नेपाल भ्रमणमा प्रतिकूल अवस्था रहेको भन्दै उनी नेपाल आएका थिएनन् । तर अहिले भने राष्ट्रपति सीको नेपाल भ्रमणको तयारी समेत सुरु भएको श्रोतको दाबी छ ।

नेपालमा अब बन्ने नयाँ सरकार बाम गठबन्धन सरकार हुने र राष्ट्रपति सीको भ्रमणका लागि समेत अनूकुल हुने भन्दै चिनियाँ राष्ट्रपतिको कार्यालय त्यसको तयारीमा लागेको बताइएको छ ।