राजनीति

पेरिसडाँडामा माओवादी केन्द्रको बैठक, कांग्रेसले गरेको ‘अफर’बारे छलफल

काठमाण्डौं । निर्वाचनको समीक्षासहित सरकार गठन र पार्टी एकताबारे छलफल गर्न माओवादी केन्द्रको समिक्षा बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरू भएको छ ।

बैठकमा निर्वाचनको समीक्षा, पार्टी एकता प्रक्रिया र सरकार गठनका बारेमा छलफल हुने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । साथै बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूका बारेमा पनि छलफल हुने छ ।

बैठकमा एमालेसँग कसरी पार्टी एकता गर्ने भन्ने विषयमा पनि औपचारिक छलफल हुने स्रोतले बताएको छ । त्यस्तै कांग्रेसले माओवादी केन्द्रको नेतृत्वमा सरकार बनाउन गरेको प्रस्तावका विषयमा पनि छलफल हुने स्रोतले बताएको छ ।