राजनीति

प्रदेश नम्बर २ मधेसवादी दलहरुको कब्जामा !

काठमाण्डौ । पछिल्लो निर्वाचन परिणाम अनुसार मुलुकभर वाम गठबन्धनको बर्चस्व देखिएपनि प्रदेश नम्बर २ मा मधेसवादी दलहरुको बर्चस्व देखिएको छ । २ नम्बर प्रदेशको प्रदेश सरकार मधेसवादी दलहरुको नेतृत्वमा बन्ने देखिएको छ । यद्यपि, सो प्रदेशमा एउटा दलले मात्र सरकार चलाउने स्थिति भने देखिएको छैन ।

भर्खरै प्राप्त समानूपातिक मतपरिणाम र प्रत्यक्षतर्फको मतपरिणामलाई हेर्दा २ नम्बर प्रदेशमा राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम अगाडि आएका छन् । प्रदेशसभाको ६४ सिटमध्ये फोरमले २० र राजपाले १५ सिट प्राप्त गरेको छ भने एमालेले १४, कांग्रेसले ८ र माओवादी केन्द्रले ६ सिट जितेका छन् ।

त्यस्तै समानूपातिकतर्फ नेपाली कांग्रेस अघि भएपनि राजपा र फोरमको भने प्रतिस्पर्धा देखिएको छ । यद्यपि, प्रत्यक्षतर्फको सिट जोड्दा दुई नम्बर प्रदेशमा संघीय समाजवादी फोरम र राजपाको बहुमत देखिन्छ र तीनै दलहरुले प्रदेश सरकार बनाउने निश्चित भएको छ ।