राजनीति

बालुवाटारको भेटमा दाहाललाई देउवाको प्रधानमन्त्रीमा अफर, ओली सशंकित

काठमाण्डौ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

शनिबार बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा समसामायीक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ ।

नियुक्ती लगायतका बिषयमा कामचलाउ सरकारले जथाभावी निर्णय गरेको भन्दै देउवासँग प्रचण्ड रुष्टसमेत भएका थिए । उनले सरकारले गर्भनर नियुक्ती लगायतका विषयमा नयाँ सरकारले निर्णय गर्ने भन्दै काम चलाउ सरकारले उक्त कार्य गर्न नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएको स्रोतले जनाएको छ ।

हिजो(शुक्रबार) मात्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच नयाँ सरकार गठन र पार्टी एकताका विषयमा छलफल भएको थियो । हिजोको भेटवार्तामा एमालेका नेताहरुले पार्टी अध्यक्ष, प्रधानमन्त्री र संसदीय दलको नेता केपी शर्मा ओली नै हुनुपर्छ भन्ने भनाईप्रति अध्यक्ष ओलीसंग असन्तुष्टी ब्यक्त गरेका थिए ।

आज प्रधानमन्त्रीसंगको भेटलाई लिएर नयाँ सरकार निर्माण र काँग्रेसले प्रचण्डलाई प्रधानमन्त्रीमा गरेको अफरको बीचमा पनि माओबादी केन्द्रका अध्यक्ष दाहाल र प्रधानमन्त्री देउवाबीचमा महत्वपूर्ण सहमती भएको राजनीतिकबृतमा हल्ला चल्दन थालेको छ ।

प्रधानमन्त्री देउवा र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवासमा भएको भेटवार्तापछि एमाले अध्यक्ष ओली लगायत बरिष्ठ नेताहरु प्रचण्डसंग बाम गठबन्धन र पार्टी एकताका बिषयलाई लिएर शसंकित भएको बालकोट स्रोत बताउछ ।