राजनीति

कांग्रेस बडारियो भन्नेहरुलाई गतिलो जवाफ, हेर्नुहोस् समानूपातिकतर्फको पछिल्लो मतपरिणाम !

काठमाण्डौ । मंसिर १० र २१ गते भएको प्रदेश र प्रतिनिसभा निर्वाचनमा प्रत्यक्षतर्फको मतगणना सकिए पनि समानूपातिकतर्फको मतगणना भने जारी रहेको छ । निर्वाचन आयोगका अनुसार शुक्रबार साँझसम्म समानूपातिकतर्फको मतगणना पनि सम्पन्न हुने आयोगको दाबी छ ।

प्रत्यक्षतर्फको मतपरिणामलाई आधार मान्दा नेकपा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेस क्रमसः पहिलो, दोश्रो र तेश्रो स्थानका पार्टी भएपनि समानूपातिकतर्फ भने एमाले र कांग्रेस अघिपछि रहेका छन् ।

समानूपातिकतर्फको मतलाई हेर्दा कांग्रेस र एमाले दुवैको मत धेरै तलमाथि देखिदैन र कांग्रेसलाई देशैभरबाट बडारियो भन्नेलाई गतिलो जवाफ मिलेको छ । एमाले र कांग्रेसको अघिल्ला निर्वाचनकै हाराहारीमा आएको मत अहिले पनि प्राप्त भएको देखिन्छ । निर्वाचन आयोगका अनुसार बिहीबार बिहानम्मको समानूपातिकतर्फ ७१ लाख ३५ हजार ६ सय ७७ मत गणना भएको छ ।

आयोगले मतगणना गरेको समानूपातिकतर्फका मतसंख्या अनुसार नेकपा एमालेले ३४.३ प्रतिशत मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले ३३.२ प्रतिशत मतद प्राप्त गरेको छ । त्यस्तै माओवादी केन्द्रले १३.५ प्रतिशत मत प्राप्त गरेको छ ।

मतगणना जारी रहेको बेला नेपाली कांग्रेसको मत बढ्ने क्रममा रहेको छ भने एमालेको मत घट्ने क्रममा रहेको छ । यद्यपि, अहिलेसम्म अग्रता भने एमालेकै देखिन्छ । कुनै पनि दल राष्ट्रिय पार्टी हुन ३ प्रतिशत मत अनिवार्य आवश्यक हुन्छ तर एमाले, कांग्रेस र माओवादी बाहेकका दलहरुले अहिलेसम्म थ्रेसहोल्ड कटाउन सकेका छैनन् । तर केही दलहरुले थ्रेसहोल्ड कटाउने सम्भावना पनि छ ।

यही अनुपातमा मतसंख्या बढ्दै गए नेपाली कांग्रेस दोश्रो ठूलो पार्टी हुने सम्भावना पनि बढ्न सक्छ । त्यसैले अहिले नै अन्तिम मतपरिणामको अनुमान लगाउन सकिने स्थिति छैन । अहिलेकै मतसंख्यामा मतगणना सकिएको भए नेकपा एमालेले ४२ सिट र नेपाली कांग्रेसले ४१ सिट पाउन सक्थ्यो । उता, माओवादी केन्द्रले भने १६ सिट मात्र पाउन सक्थ्यो ।

त्यस्तै, संघीय समाजवादी फोरमले ४.८ प्रतिशत मत पाएको हुनाले ६ सिट पाउन सक्थ्यो भने राजपाले ३.८ प्रतिशत मत पाएकोले ५ सिट पाउन सक्थ्यो तर मतगणना गर्न अझै निकै मतसंख्या बाँकी रहेकोले अन्तिम विवरण आउन अझै निकै समय लाग्न सक्छ ।

यस्तो छ अहिलेसम्म दलहरुले प्राप्त गरेको समानूपातिक मतपरिणाम (प्रतिशतमा)
नेकपा एमाले– ३४.३ प्रतिशत
नेपाली कांग्रेस– ३३.२ प्रतिशत
माओवादी केन्द्र–१६ प्रतिशत
संघीय समाजवादी फोरम– ४.८ प्रतिशत
राजपा–३.८ प्रतिशत
राष्ट्रिय प्रजातन्त्र पार्टी–०.८ प्रतिशत
नयाँ शक्ति पार्टी नेपाल–०.९ प्रतिशत
विवेकशील साझा पार्टी–२.३ प्रतिशत