पु.समाचार

काठमाडौँ क्षेत्र–३ प्रदेशसभा (क)मा काँग्रेसको विजय ¥याली

काठमाडौँ । नेपाली काँग्रेस काठमाडौ क्षेत्र नं ३ ले क्षेत्रको प्रदेशसभा (क)मा सभा सदस्य पद जितेकामा विजय ¥याली निकालेको छ ।

क्षेत्र नं ३ को प्रदेशसभा सदस्यमा छिरिङदोर्जे लामा विजयी भएका थिए । क्षेत्रको चुच्चेपाटीबाट शुरु भएको विजय ¥याली महांकाल–रामहिटी–सरस्वतीनगर–शान्तिनगर–आरुबारी–जोरपाटी–नयाँबस्ती हुँदै बौद्ध स्तुपमा आएर समापन भएको थियो ।

नवनिर्वाचित प्रदेशसभा सदस्य लामालाई सहकारी तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेतले सफल कार्यकालका लागि शुभकामना दिदै प्रदेशसभा क्षेत्रमा विकास निर्माणलगायत काममा सक्रियता साथ लाग्न अनुरोध गरे ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख एवम् काँग्रेस काठमाडौँ क्षेत्र नं ३ का सभापति सन्तोष चालिसे, नगरपालिकाकी उपप्रमुख शान्ति नेपाल, काठमाडौँ महानगरपालिका–६ का अध्यक्ष दीपेन्द्रकुमार लामा, गोकर्णेश्वर नगरपालिका–५ का अध्यक्ष नारायण सुवेदी र वडा नं का अध्यक्ष राजीव थापालगायतले शुभकामना दिँदै विकास निर्माण एवम् जनचासोका काममा सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

प्रदेशसभा सदस्य लामाले जनताको सुख–दुःखमा साथ दिई आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता जनाए । क्षेत्र नं ३ को प्रदेशसभा (क)मा महानगरपालिका–६, गोकर्णेश्वर नगरपालिका–५ र ९ पर्छन् । यो क्षेत्रमा काँग्रेसले प्रदेशसभा (क)मा मात्र विजयी भएको थियो ।