पु.समाचार

अहिलेसम्मको समानुपातिकको मतपरिणाम यस्तो छ, काँग्रेस दोस्रो

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको जारी मतगणनामा नेकपा (एमाले) अग्र स्थानमा छ ।

निर्वाचन आयोगको राति ९ बजेसम्मको मत परिणामअनुसार एमाले छ लाख ४५ हजार ९८५ मतका साथ पहिलो स्थानमा छ । एमालेलाई पछ्याउँदै नेपाली काँग्रेसले छ लाख सात हजार ५६९ मत ल्याई दोस्रो स्थान हासिल गरेको छ ।

त्यस्तै नेकपा (माओवादी केन्द्र) दुई लाख ७८ हजार २२६ मतसहित तेस्रो स्थानमा छ भने चौथो स्थानमा रहेको विवदेकशील साझा पार्टीले ३८ हजार ४३२ मत पाएको छ ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३६ हजार ९७२, संघीय समाजवादी फोरमले ३५ हजार ९५८, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले २९ हजार १७५, नयाँ शक्ति पार्टी नेपालले २५ हजार २५७, राप्रपा ९प्रजातान्त्रिक० ले १३ हजार ९४८ र राष्ट्रिय जनमोर्चाले १२ हजार ७८४ मत ल्याएको छ ।

समानुपातिकतर्फ एक करोड २२ लाख मत खसेको आयोगले जनाएको छ । समानुपातिकतर्फ एमाले अगाडि

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको जारी मतगणनामा नेकपा (एमाले) अग्र स्थानमा छ ।

निर्वाचन आयोगको राति ९ बजेसम्मको मत परिणामअनुसार एमाले छ लाख ४५ हजार ९८५ मतका साथ पहिलो स्थानमा छ । एमालेलाई पछ्याउँदै नेपाली काँग्रेसले छ लाख सात हजार ५६९ मत ल्याई दोस्रो स्थान हासिल गरेको छ ।

त्यस्तै नेकपा (माओवादी केन्द्र) दुई लाख ७८ हजार २२६ मतसहित तेस्रो स्थानमा छ भने चौथो स्थानमा रहेको विवदेकशील साझा पार्टीले ३८ हजार ४३२ मत पाएको छ ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३६ हजार ९७२, संघीय समाजवादी फोरमले ३५ हजार ९५८, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले २९ हजार १७५, नयाँ शक्ति पार्टी नेपालले २५ हजार २५७, राप्रपा (प्रजातान्त्रिक) ले १३ हजार ९४८ र राष्ट्रिय जनमोर्चाले १२ हजार ७८४ मत ल्याएको छ ।

समानुपातिकतर्फ एक करोड २२ लाख मत खसेको आयोगले जनाएको छ ।