अन्तर्राष्ट्रिय

एचआइभी/एड्सका विरुद्धमा लड्न युवालाई आह्वान

लुसाका ।  जिम्बाबेका राष्ट्रपति इड्गार लङगुले एचआईभी÷एड्स विरुद्धको लडाईमा सम्लग्न हुन युवाहरुलाई आह्वान गरेका छन् ।
देशको अन्य विकासका लागि बाधक र चुनौति बन्दै गएको रोगका विरुद्धमा लड्न उनले सोमबार युवाहरुलाई आह्वान गरेका हुन् ।
विश्व एड्स दिवसको अवसरमा उनले एचआइभी संक्रमण विशेष गरेर युवा अवस्थामा सुरु हुने भएकाले युवाहरु नै यसका विरुद्धमा लड्नु पर्ने बताए ।
उनले सवै बालबालिका र युवाहरुलाई एचआईभीको संक्रमण छ की छैन भन्ने जाँच्नका लागि “आफ्नो अवस्था थाहा पाऔं” भने । अभियान सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छन्।
हरेक बर्षको डिसेम्बर १ लाई विश्वभरी एचआइभी एड्स दिवसका रूपमाम मनाउने गरिन्छ ।