अन्तर्राष्ट्रिय

आइएस अझै हारिसकेका छैनन्– बृटिश प्रधानमन्त्री

लन्डन । बृटिश प्रधानमन्त्री टिरिजा मेले इस्लामिक अतिवादी समूह आइएस अझै हारिसकेका छैनन् भनेका छन् । उनले भने सिरियाली सीमा क्षेत्रतर्फबाट अझै पनि आइएस इराकका लागि चुनौती हुन सक्छन्, हारिसकेका छैनन्, अझै सतर्क हुनुपर्ने अवस्था छ ।

इराकबाट इस्लामिक स्टेटलाई परास्त गरी युद्धको अन्त्य भएको घेषणा गरेका इराकी प्रधानमन्त्री हाइदर अली अबादीलाई दिनुभएको बधाई सन्देशमा प्रधानमन्त्री मेले सो धारणा राखेको हो।

इराकका प्रधानमन्त्री अबादीले गएको करिब तीन वर्ष यतादेखि जारी राखेको जिहादी विरुद्धको युद्धको अन्त्य भएको आइतबार घोषणा गरेका छन् ।

सो घोषणासँगै बृटिश प्रधानमन्त्रीको उक्त बधाई सन्देश आएको हो ।