राजनीति

अन्नतः बाम गठबन्धनका योजनाकार बामदेब गौतम पराजित, काँग्रेसका सञ्जयले बाजी मारे

काठमाण्डौ । बर्दिया क्षेत्र नम्बर १ प्रतिनिधिसभाका उमेर्द्वार रहेका नेकपा एमालेका उपाध्यक्ष बामदेश गौतम पारजित भएका छन् । नेता काँग्रेमलाई नेपाली काँग्रेसका नेता संजय कुमार गौतमले ४४८२९ मत ल्याएर विजय भएका छन् भने बाम गठबन्धनमा महत्वपूर्ण भूमिका खेलेका उपाध्यक्ष बामदेब गौतमले ४४०७६ मत ल्याएर पराजित भए ।
एमाले नेता गौतम र काँग्रेस नेता गौतमबीच बिचमा धेरै नै मतान्तर भएपनि बामदेबले अन्त्यमा मतान्तर घटाएर ७५३ मत अन्तरले पराजित भए । गौतम दाजुभाई बिचको मतगणना ज्यादै रोमाञ्चक भएपनि अन्तिममा बर्तमान मन्त्री समेत रहेका काँग्रेस नेता सञ्जय गौतम बिजय भएका छन् ।