पु.समाचार

गोरखाको भर्खरैको मतपरिणाम सार्वजनिक, यस्तो छ बाबुराम र नारायणकाजीको प्रतिस्पर्धा

काठमाण्डौ । गोरखामा अहिले मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार गोरखा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा तर्फका उम्मेद्वार बाबुराम भट्टराईले २० हजार ८ सय ९७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी माओवादीका उम्मेद्वार नारायणकाजी श्रेष्ठले १७ हजार ८ सय २९ मत प्राप्त गरेका छन् । भट्टराई नयाँ शक्ति पार्टीका संयोजक समेत हुन् ।

त्यस्तै क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका उम्म्ेद्वार हरि अधिकारीले १५ हजार २ सय ९९ मत प्राप्त गरेका छन् भने कांग्रेसका चीनकाजी श्रेष्ठले १३ हजार २ सय २२ मत प्राप्त गरेका छन् ।